जापानमा करिब १८ लाख बेरोजगार , नेपालीको अबस्था के छ त


प्रकाशित मिति : बैशाख १८, २०८१ मंगलबार

जापानमा रोजगारीको उपलब्धतामा कमी आएको छ । आर्थिक वर्ष २०२३ मा त्यहाँ रोजगारीको उपलब्धता दर १ दशमलव २९ प्रतिशत रहेको श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यो अघिल्लो वर्षको तुलनामा शून्य दशमलव शून्य २ प्रतिशत कम भएको सरकारले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको हो ।

महँगी उच्चस्तरमा रहिरहँदा कम्पनीहरूले कर्मचारी भर्ती घटाउँदा रोजगारीको उपलब्धता पनि घटेको हो । मार्चमा भने रोजगारीको उपलब्धता अनुपात फेब्रुअरीको तुलनामा शून्य दशमलव शून्य २ प्रतिशतले बढेर १ दशमलव २८ प्रतिशतमा पुगेको छ । यसको अर्थ सो अवधिमा जागिर खोज्ने हरेक सय जनाका लागि १२८ ओटा जागिर उपलब्ध थिए ।

अहिले खाइरहेकै पदमा तलब बढ्छ भन्ने अनुमानमा थोरैले मात्रै नयाँ जागिर खोजेकोले मासिक उपलब्धता अनुपात बढेको बताइएको छ । यो वर्षको शुन्टो तलब वार्तामा अधिकांश ठुला जापानी कम्पनीहरूले कर्मचारीको तलबमा ३३ वर्षयताकै उच्च वृद्धि गरेका थिए ।

सरकारले सार्वजनिक गरेको छुट्टै तथ्याङ्क अनुसार गएको आवमा बेरोजगारी अघिल्लो आवकै २ दशमलव ६ प्रतिशतमा यथावत् रहेको देखाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मार्चमा सकिएको एक वर्षमा जापानमा करिब १७ लाख ८० हजार बेरोजगार थिए । मार्चमा पनि बेरोजगारी दर अघिल्लो महिनाकै स्तरमा यथावत् रहेको बताइएको छ । बैदेशिक रोजगारीका लागि जापानमा धेरै नेपाली पुगेका छन ।

अध्ययनका लागि जापान पुग्नेहरुको संख्या पनि कम छैन । जापानमा बढ्दै गएको बेरोजगारीका कारण नेपाली श्रमिकहरुमा पनि समस्या हुने संभावना बढेको छ । कतिपयले सामाजिक सञ्जालहरुमा पोष्ट गरेका भिडिया सन्देशहरुमा जापानमा पुगेका नेपालीहरुमा काम नपाउने समस्या देखिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com