अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा प्रसाई निर्वाचित भएको दावी


प्रकाशित मिति : कार्तिक ८, २०७३ सोमबार

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मा साहित्यकार कमला प्रसाई निर्वाचित भएको प्रमाण जुटेको प्रसाई पक्षधरले जनाएको छ । निर्वाचक मण्डलमा बिश्वभरबाट ६३३ जना आजीवन सदस्य रहेको र त्यसको पुष्टी अनेसासको वेवसाइटबाट समेत हुने प्रसाई पक्षधरको भनाई छ ।

गत अक्टोबर १३ देखी १५ सम्म भएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) सभापती पदको अनलाईन मार्फत गरिएको चुनावमा पदम विश्वकर्मा विजयी भएको जनाइएको थियो । चुनावमा सभापती पदका दुई प्रत्यासी पदम विश्वकर्मा र कमला प्रसाईले क्रमश २९२ र २७८ भोट प्राप्त गर्न सफल भएका थिए ।

प्रसाई पक्षधरको भनाई छ – ‘निर्वाचन मण्डलका सदस्यको क्रमसंख्या १००१ बाट शुरु भई बीचमा एकजनाको स्थान खाली राखेर १६३४ सम्म क्रमिक रुपमा गएपछि अलि तल एकैपटक क्रमसंख्या १९०१ बाट १९६६ सम्म पुर्याइएको छ । क्रम भङ्ग गरिएको अर्थ नै निर्वाचनमा जवर्जस्ती धाँधली गर्ने सुनियोजित चाल भएको प्रष्ट हुन्छ ।’

अध्यक्षका प्रत्याशी कमला प्रसाईले यस विषयमा बारबार पत्राचार गरेको समेत जनाइएको छ । मौखिक रुपमा समेत प्रमुख निर्वाचन आयुक्त तीर्थ राज पाण्डेले कार्यसमिति र बोर्डका ट्रस्टीको सिफारिशमा राखिएकोले र उनीहरुका बारेमा थाहा नभएकाले समावेश नगरिने प्रतिबद्धता जनाएको कमला प्रसाईको दावी छ ।

साथै संगठनका ट्रस्टीका सभापति डा. श्याम कार्कीले आफूलाई धेरै भोटले नहार्ने तर जित्न नसक्ने भन्दै सम्झौता गरेर कुनै स्थानमा बस्न सुझाव दिने गरेको प्रसाईको भनाई छ । बोर्ड ट्रस्टीका सभापति डा. कार्कीले ६६ मत भन्दा कमले हारेमा अदालत जान सक्ने सुझाव दिएको समेत प्रसाईको दावी छ ।

प्रसाई पक्षधरको भनाई छ – ‘अनेसास अध्यक्षको निर्वाचनको निमित्त ६३३ जना मात्रको निर्वाचन मण्डल स्थापना भएको प्रमाण पनि उपलव्ध भएकोले कमला प्रसाई नै निर्वाचित भएको कुरामा शंका गर्ने ठाऊँ रहन्न ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com