चाडपर्वको अवशरमा संघीय समाज अमेरिकाको शुभकामना आदानप्रदान


प्रकाशित मिति : कार्तिक ७, २०७३ आईतबार

 

नेपाली संघीय समाज अमेरिकाले समिर महर्जनको अध्यक्षतामा नेपालीहरुको महान् चाड दशैं¸ तिहार¸ महः पुजा¸ उभौली¸ चासोक¸ छठ¸ नेपाल सम्बत तथा ल्होसारको अवसरमा अमेरिकाको न्युयोर्कमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा अध्यक्ष समिर महर्जनले सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरुलाई स्वागत गर्दै नेपाली जनताले मान्ने र सबै जातजातीका चाड पर्वलाई समान रुपमा राख्ने र हेर्नुपर्ने भन्दै उपस्थित सबैलाई संस्थाको तर्फबाट स्वागत गर्दै शुभकामना दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली महाबाणिज्यदूतावासका प्रतिनिधि कृष्ण सुवेदीज्यू हुनुहुन्थ्यो भने विशेष अतिथिमा कानुनविद् दुर्गा सुब्बा¸ पूर्व डिआईजी पार्वती थापामगर¸ पत्रकार तथा संघीय समाज अमेरिकाका सल्लाहकार यम कुमार सुनुवार हुनुहुन्थ्यो । यसैगरी विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

img_0292

कार्यक्रममा संस्थाका सदस्य प्रेम कुरुङ्गवाङ्ग लिम्वु साथै संस्थाका भाईस प्रेसिडेन्ट विनोद पोमोले अतिथि पाहुनाहरुलाई स्वागत गर्नुभएको थियो । यसैगरी संस्थाका भाईस प्रेसिडेन्ड छिरिङ्ग शेर्पाले अतिथि पाहुनाहरुलाई खादा ओढाएर सम्मान गर्नुभयो । संस्थाका सचिव लोक चेमजोङ्गले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि कृष्ण सुवेदीले नेपाली नागरीक सबैले मान्ने चाडलाई समेटेर कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्दै सबैलाई शुभकामना दिनुभयो ।

विशेष अतिथि एवं संस्थाका सल्लाहकार दुर्गा सुब्बाले नेपालमा नयाँ बनेको संविधानलाई सबै नेपालीको हक हितको निम्ती सुधार र संशोधन गरेर सबै नेपालीलाई समेटेर एक भई देशको विकासमा एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभयो । यसैगरी संस्थाका विशेष सल्लाहकार एवं अतिथि पूर्व डिआईजी पार्वती थापामगरले योजना अनुसार नेपालका नेताले काम गरे एक दशकमा नेपाल सिंगापुरको तुलनामा पुग्न सक्ने बताउनुभयो ।

अर्का वक्ता नेपाल जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका सभापति राजन ढुङ्गानाले नेपालीले संसारको जुन ठाउँमा भएपनि नेपालीको परम्परालाई सुरक्षित राख्नुपर्नेमा जोड दिनुभयो । प्रवासी मञ्चका केन्द्रीय अध्यक्ष सञ्जय थापाले नेपालको संविधान नेपाली जनताको आवश्यकतानुसार समयले संशोधन गर्दै लैजानुपर्ने बताउनुभयो ।

img_0293

यसैगरी जनसम्पर्क समितिका केन्द्रीय महासचिव मुनिन्द्र नेम्वाङ्गले नेपाली संसारको जुन ठाउँमा भएपनि नेपाल र नेपालीको हितमा काम गर्नको निम्ति एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । सिन्धु वेलफेयर अमेरिका का प्रेसिडेन्ट भोगेन्द्र तामाङ्गले नेपालमा प्रजातन्त्र आउनुमा पूर्व प्रमुख नेताहरुले दिएको योगदान जनताले भुल्न नहुने बताउनुभयो ।

यसैगरी मुस्ताङ्ग किदुकका कार्यवाहक सभापति राजकुमार बिष्टले नेपालमा गएको भूकम्प पिडितको लागि एक करोड योगदान गरेकोमा हामीलाई बधाई दिनुको सट्टा साथै देशमा भएको समस्याको समाधानको लागि सबैले सहयोग गर्ने वातावरण तयार गर्न अनुरोध गर्नुभयो । संघीय समाजका पूर्व सभापति भरत लामाले संघीय समाज पार्टी एक जातीको हितमा नभएर नेपाल र नेपाली जनताको भएको बताउनुभयो ।

जनजाती महासंघ अमेरिकाका अध्यष लुइसाङ्ग बाइबाले सबै जात जातीको धर्म संस्कार संस्कृति र चाडवाडलाई राज्यले समान रुपले हेर्नुपर्ने बताउनुभयो । यसैगरी एनआरएन अमेरिकाका प्रतिनिधि सतेन्द्र शाहले सम्पूर्ण नेपालीले मान्ने चाडलाई सम्झेर एउटै समयमा शुभकामना आदान प्रदान गरेकोमा बधाई दिनुभयो ।

img_0294

शेर्पा किदुकका प्रेसिडेन्ट दावा जाङ्बु शेर्पाले संस्थामा बसेर राजनीति गर्नुभन्दा संस्था र समाजको हितमा काम गर्नुपर्ने बताउनुभयो । एन्टाकाका केन्द्रीय अध्यक्ष सुनिल शाहले शुभकामना सन्देश पठाउनुभएको थियो । यसैगरी विभिन्न संस्थाका प्रतिनिधिमा किराँत याङ्कथुङ्गका महासचिव शुभद्रा लावती¸ मगर संघ अमेरिका का महासचिव मान रानामगर¸ एन्टा न्युयोर्कका प्रतिनिधि रामविनोद शाह¸ जनजाती महिला महासंघका सभापति संगिनी रानामगर¸ तामाङ्ग सोसाईटी अफ अमेरिकाका प्रेसिडेन्ट शान्ता ठोकर¸ नुप्री एसोसिएसनका सभापति लाक्पा लामा¸ युनाईटेड किराँत राई अर्गनाईजेशन अफ अमेरिकाका केन्द्रीय उपसभापति मुना राई¸ नेवार गुठी न्युयोर्कका उपसभापति निर्मल प्रधान लगायतले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा कलाकारहरु गायक राजेन्द्र राई¸ अभय ढुङ्गेल¸ सुवर्ण शाक्य तथा जीत गुरुङ्गको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजक संघीय समाज अमेरिकाका केन्द्रीय सदस्य केशवराम राईले गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com