हावाहुरीले तुलसीपुर एफएमको टावर भाँचियो


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

आइतबार आएको असिनापानीसहितको हावाहुरीले दाङमा रहेको तुलसीपुर एफ एममा ठूलो क्षति पुर्याएको छ ।

हावाहुरीले एफएममा करिब १२ लाख रुपैयाँ मूल्य बराबर क्षति गरेको हो । घटनामा नौ लाख बराबरको सोलार प्यानल पूर्ण रुपमा क्षति हुनुका ३ लाख बराबरका अन्य सामग्रीहरु बिग्रिएको तुलसीपुर एफएमले जनाएको छ ।

घटनामा रेडियोको टावर बाँगिएको र हावाले टावरको पिलरसमेत उप्काएका कारण एफएमको प्रसारण बन्द भएको छ । टावरको एन्टेनालगायतका सामग्रीहरुमा क्षति पुगेकोले रेडियो पूर्ण रुपमा बन्द भएको हो ।

टावर मर्मत हुनेबित्तिकै रेडियो प्रसारण पुनः सञ्चालन गरिने रेडियो व्यवस्थापनले जनाएको छ । टावर मर्मतका लागि प्राविधिक टोली काठमाडौंबाट दाङतर्फ प्रस्थान गरिसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com