अफगानिस्तानः आत्मघाती विस्फोटमा कैयौँको मृत्यु


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

अफगानिस्तानको राजधानी काबुलमा भएका दुईवटा विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको र कैयौँ घाइते भएको अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य अधिकारीका अनुसार दुवै विस्फोट काबुलको शाश्दारक क्षेत्रमा भएका थिए।

त्यो क्षेत्रमा अफगानिस्तानको रक्षा मन्त्रालय, गुप्तचर सेवा कार्यालय र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको कार्यालय रहेका छन्।

अधिकारीहरूका अनुसार मोटरसाइकल चढेका आत्मघाती आक्रमणकारीले पहिलो विस्फोट गराएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अफगानिस्तान: आत्मघाती हमलामा ५७ जनाको मृत्यु
७० प्रतिशत भूभागमा तालिबान सक्रियः बीबीसी
जिम्मेवार
त्यस घटनाको समाचार सङ्कलनका लागि आइपुगेका पत्रकारहरू भएको स्थाननजिकै अर्को विस्फोट भएको थियो।

विस्फोटमा कम्तीमा २७ जना घाइते भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

काबुलमा ‘एम्बुलेन्स बम हमलामा ९५ को मृत्यु’
हमलापछि सेभ द चिल्ड्रेनको काम स्थगित
विस्फोटमा फ्रान्सको एएफपी समाचार संस्थाका लागि काम गर्ने एकजना फोटो पत्रकारको समेत ज्यान गएको बताइएको छ।

आक्रमणको कुनै समूहले जिम्मेवारी लिइसकेको छैन। घटनापछि राष्ट्रपति असरफ गनीले पर्वान प्रान्तको भ्रमण योजना स्थगित गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com