विद्यालय भर्ना नभएका बालबालिका खोज्न नगर प्रमुख घरदैलोमा


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

विद्यालय भर्ना नभएका बालबालिका खोज्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर घरदैलोमा पुग्न थाल्नुभएको छ ।

विद्यालय भर्ना नभएका बालबालिकाका घरमा पुगेर अभिभावकलाई उहाँले शिक्षाको महत्वबारे सम्झाउँदै हिडँनुभएको हो ।

शिक्षाबाटै देशलाई परिवर्तन गर्न सकिन्छ, अहिलेका बालबालिका भविष्यका कर्णधार भएकाले विद्यालय पठाउन कन्जुस्यार्इं नगर्नुस् नगरप्रमुख ऐरले नगरपालिकाको वडा नं ९ सिसैयामा पुगेर अभिभावकका घरमा पुगेर भन्नुभयो, “एक छाक खाएर भए पनि बालबालिकालाई विद्यालयमा भर्ना गराउनोस् ।”

“सामुदायिक विद्यालयमार्फत निःशुल्क पाठ्यपुस्तक मिल्छ, कुनै शुल्क तिर्नु पर्दैन, गरीब र जेहनदारका लागि झोला, अभ्यास पुस्तिका र पोशाकका लागि छात्रवृत्ति मिल्छ, तपाईंहरुका बालबालिकालाई पढाउने दृढ इच्छाशक्तिको खाँचो छ”, उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घरदैलोमा पुगेका नगरप्रमुखको कुरा सुनेपछि अभिभावक बन्धु चौधरीले भन्नुभयो, “यो सबै कुरा थाहा थिएन, बालबालिकालाई विद्यालय पठाउन कन्जुस्यार्इं गर्दैनौँ, ढुक्क भए हुन्छ ।” नगर प्रमुख ऐर वडा नं ४, ६, ९ र ११ वडाका अभिभावकको घरदैलोमा पुग्नुभएको छ । नगर प्रमुख ऐर, वडाध्यक्ष, वडा सदस्य र शिक्षकसँगै चेतनामूलक कार्यक्रममा व्यस्त हुनुभएको छ ।

दिनको दुई घण्टा उहाँले शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिका खोजेर विद्यालयमा ल्याउनका लागि आफैँ घरदैलोमा पुग्ने कार्यलाई निरन्तरता दिँदै आएको वडा नं ९ का वडाध्यक्ष रमेश ऐरले बताउनुभयो ।

“नगर प्रमुख आफैँ घरदैलोमा पुग्न थालेपछि बालबालिकालाई आफूसँगै मजदूरीमा लैजाने अभिभावक प्रतिबद्धता जाहेर गर्दै बालबालिकालाई विद्यालय भर्ना गराउन थालेका छन्”, वडाध्यक्ष ऐरले भन्नुभयो । नगर प्रमुख आफँै घरदैलोमा पुगेर चेतना छर्न थालेपछि निजी विद्यालयमा पढाउँदै आएका अभिभावकले समेत बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराएका छन् ।

जनचेतनामूलक कार्यक्रम गरिएपछि राष्ट्रिय माध्यमिक विद्यालय पिपलाडीमा मात्रै १६ जनाभन्दा बढी निजी विद्यालयमा पढ्दै आएका बालबालिका भर्ना भएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com