कृषि विश्वविद्यालयका वैज्ञानिकले गरे नयाँ अनुसन्धान बेमौसममा लैना भैँसी


प्रकाशित मिति : बैशाख १३, २०७५ बिहीबार

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वैज्ञानिकले बेमौसममा पनि लैना भैँसी तयार गर्ने प्रविधिको अनुसन्धानमा सफलता प्राप्त गरेका छन् ।

उनीहरुले चैत, वैशाख, जेठ र असार महिनामा अक्सर कमै भैँसी ब्याउने भएकाले ती समय पनि लैना भैँसी तयार गर्ने प्रविधिको अनुसन्धान सफल बनाएका हुन् । चैतदेखि असार मध्यसम्म भैँसीमा गर्भधारणको हिसाबले बेमौसम मानिन्छ । विश्वविद्यालयको पशु प्रजनन प्रविधि विभागले गत वर्षको असार २ गते आठ वटा भैँसीमा गराएको गर्भधारणबाट पाँच वटा भैँसी ब्याएका हुन् । ती भैँसी चैत २९ गतेदेखि वैशाख १० गतेसम्म ब्याएका थिए । बेमौसममा लैना भैँसी तयार भएपछि दूधको उत्पादन सबै मौसममा बराबर हुने उनीहरूको तर्क छ ।

मुख्य अनुसन्धानकर्ता प्रा डा भूमिनन्द देवकोटाका अनुसार सन् २०१३ बाट निरन्तर गरिएको अनुसन्धानबाट यो सफलता मिलेको हो । यस वर्ष विश्वविद्यालय हातामा रहेका सात भैँसी र एक जना किसानको भैँसीमा परीक्षण गरिएको थियो । जसबाट विश्वविद्यालयका चार र किसानको एक भैँसी ब्याएका हुन् ।

भैँसीका प्रजनन अंग कस्तो छ भनेर अल्ट्रासाउण्ड प्रविधिबाट हेरेर आवश्यकताअनुसारको हर्माेन तयार गरी भैँसीलाई खुवाउँदा सुख्खा मौसममा भैँसी प्रजननमा सहज भएको जानकारी दंदै उहाँ उक्त मौसममा नाम्ले, माटेलगायतका आन्तरिक परजीवीका कारण भैँसीमा तनाव हुने र वातावरणीय तापक्रमका कारण पनि भैँसीमा तनाव बढ्ने गरेको देखिएको उल्लेख गर्नुुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिउँदको समयमा पर्याप्त पोषणको अभाव र तनावका कारण भैँसीको शरीरभित्र आन्तरिक परजीवीको संक्रमण बढी भएको पाइएकाले पोषणयुक्त खाना खुवाउने र विशेष किसिमको हर्माेन प्रयोग गरेर भैँसीलाई हिउँदको समयमा पनि प्रजननयोग्य बनाउन सकिएको अध्ययनले देखिएको अनुसन्धानकर्ता डा देवकोटाकाको भनाइ छ ।

साउनदेखि मंसिरसम्म भैँसीको प्रजननको हिसाबले सबैभन्दा उपयुक्त मौसम मानिन्छ । पुसदेखि फागुनसम्मको समयलाई मध्यम र त्यसपछिको समय पूर्ण सुख्खा एवं गर्भधारणका लागि अनुपयुक्त मानिन्छ । जसका कारण कुनै मौसममा दूध बढी भएर मिल्क होलिडे हुन्छ भने कुनै समयमा नेपालमा दूधको अभाव हुने गर्दछ ।

आगामी पाँच वर्षभित्र यो प्रविधि किसानसम्म पु¥याउने लक्ष्य राखिएको छ । अनुसन्धानले नेपालमा भँैसीको उत्पादन, उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

चितवनको रामपुरमा रहेको भैँसी फर्म र पोखराको पशु विकास फर्ममा रहेका भैँसीमा अनुसन्धान गरिँदै आएको छ । विगतका वर्षमा प्रत्येक वर्ष १० वटा भैँसीमा यो परीक्षण गरिएकामा तीन÷चार वटामा मात्रै सफलता मिलेको थियो । यस वर्ष भने रामपुरमा आठ वटामध्ये पाँच वटा र पोखरामा सात वटामध्ये दुई वटा भैँसीले चैतदेखि असारसम्म गर्भधारण गरी ब्याइसकेका छन् ।

नेपालमा कूल गार्हस्थ उत्पादनको २६ दशमलव ८ प्रतिशत हिस्सा कृषिले ओगटेकामा १३ प्रतिशत योगदान पशुजन्य स्रोतको छ भने भैँसीको मात्र योगदान छ प्रतिशत छ । नेपालको पहाडी क्षेत्रमा लिमे, पारकोटे र गड्डी जातका भैँसी पालिन्छ भने तराई क्षेत्रमा स्थानीय तराई जात र भारतीय मुर्रा जातको भैँसी पालिन्छ । नेपालमा ५२ लाख भैँसी रहेको सरकारी तथ्यांक छ ।

विश्वमा भैँसीको संख्या दुई अर्ब रहेको छ भने भारतमा मात्रै एक अर्ब आठ करोड भैँसी छन् । विश्व स्वास्थ्य संगठनले प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध उपभोग गर्नुपर्ने जनाए पनि नेपालमा ७२ लिटर मात्रै उपभोग हुँदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com