‘रातारात निर्मित चार करोडको हल भत्काइने’


प्रकाशित मिति : बैशाख १३, २०७५ बिहीबार

लुम्बिनी विकासको गुरूयोजना विपरीत चार करोड रूपैयाँ खर्च गरेर रातारात बनाइएको सभाहल उ थान्त अडिटोरियम हलको निर्माण प्रक्रिया शुरू भएसँगै भत्काइने अधिकारीहरूले बताएका छन्।

अहिले अस्थायी रूपमा जुन स्थानमा सभाहल बनाइएको छ त्यो गुरूयोजनाले उ थान्त हल निर्माणका लागि छुट्ट्याएको स्थान हो।

विकास कोषका एकजना अधिकारीका अनुसार उ थान्त हल निर्माणका लागि सहयोग जुटाउने प्रकिया शुरू भएको छ।

त्यो हलका लागि रकमको जोहो हुने बित्तिकै अहिलेको अस्थायी हल भत्काइनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्मेलन
आउँदो हप्ता लुम्बिनीमा हुन गइरहेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध जयन्तीका लागि भन्दै त्यहाँ बनाइएको सभाहल सम्भवतः सरकारी निकायबीच समन्वय नहुँदाको एउटा नतिजा भएको लुम्बिनी विकास कोषका एकजना अधिकारी बताउँछन्।

हुन पनि सो अस्थायी सभाहलका लागि चार करोड रूपैयाँ यस्तो समयमा खर्च गरीएको छ ठिक यही समयमै अस्थायी हल नजिकै अर्को स्थायी सभाहल बनाउने भनि करिब २७ करोड रूपैयाँमा ठेकेदारलाई ठेक्का दिइएको छ।

३ दिनको कार्यक्रमका लागि ४ करोडको हल?

लुम्बिनी प्रदूषणका कारक उद्योग सार्न आग्रह

नाम उल्लेख नगर्ने शर्तमा बीबीसीसँग कुरा गर्दै ती अधिकारीले भने, “लुम्बिनीमा स्थायी सभाहल बन्दैछ भन्ने जानकारी प्रधानमन्त्री केपी ओलीलाई दिइएको भए सम्भवतः यो अस्थायी सभाहल बन्ने नै थिएन।”

तर लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले त्यो स्थानबाहेक लुम्बिनीको अन्य कुनै स्थानमा उक्त अस्थायी सभाहल बनाएको भए भत्काउनपर्ने अवस्था नआउने बताए।

उनी सरकारबाट सोही स्थानमै हल बनाउने निर्देशन आएपछि त्यही स्थानमै हल बनाइएको बताउँछन्।

तीन वर्ष
भट्टराईले उ थान्त हल निर्माणको लागि भारत सरकारसँग कुरा भइरहेको पनि बताए।

अस्थायी हलको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ट्वीट गर्दै भनेका छन्, “यो हल तीन दिनका लागि होइन अर्को पक्की हल नबनेसम्मका लागि हो र अर्को पक्की हल बन्न तीन वर्ष लाग्छ।”

लुम्बिनी विकासबारेका जानकारहरूका अनुसार लुम्बिनी गुरूयोजना अनुसार उ थान्त अडिटोरियम हल निर्माणका लागि सहयोग जुटे तीन महिनामा पनि अस्थायी हल भत्कन सक्छ।

उनीहरू भन्छन्, “नत्र मन्त्री अधिकारीले भने जस्तै तीन वर्ष त के अरु कैयौँ वर्ष त्यत्तिकै पनि रहन सक्छ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com