एमालेले मधेसी दलहरुलाई उक्साउने गरेको खुलासा


प्रकाशित मिति : कार्तिक ३, २०७३ बुधबार

मधसी मोर्चामा आबद्ध तराई मधेस लोकतान्त्रिक पार्टीको राजधानीमा दुई दिनसम्म बसेको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले एमालेले ‘एजेण्डा छाड्नुहुन्न है !’ भनेर आफूहरुलाई उक्साउने गरेको बताएका छन् ।

मधेस आन्दोलन भारतले चलाएको आरोप लगाउँदै मधेसका मागमा निकै कठोर देखिएर ‘राष्ट्रवादी’ बनेको एमालेले भित्रभित्रै मधेशी दलहरुलाई उक्साउने गरेको खुलासा भएको छ । ‘हात्तीको देखाउने र लुकाउने दुईवटा दाँत हुन्छ भनेझैँ’ एमालेको लुकेको दाँतको खुलासा भएको हो । यस्तो खुलासा अरु कोही नभएर मधेसी मोर्चाकै जिम्मेवार नेताले बुधबार पत्रकार सम्मेलनमा नै गरेका हुन् ।

एमालेले बाहिर भने मधेसीको मागका सम्बन्धमा आफूलाई कठोर देखउँदै पहाडिया समुदाय र कथित राष्ट्रवादी जमातको मन जित्ने कोशिश गर्दै आएको छ । उनले एमालेलाई मात्रै दोष लगाएनन्, काँग्रेस र माओवादी केन्द्रले समेत अल्मल्याउन खोजेको बताए । नेता त्रिपाठीले एमालेसँग कुरा गर्दा एजेण्डा छाड्नुहुन्न भनेर उक्साउने गरेको तथा काँग्रेससँग कुरा गर्दा माओवादी केन्द्र र माओवादी केन्द्रसँग कुरा गर्दा काँग्रेसलाई देखाउने गरेको गुनासो गरे ।

आफूहरुलाई अल्मल्याउनेमात्र काम भएको उनको आरोप छ । राजधानीमा दुई दिनसम्म चलेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, सांसद्हरुको संयुक्त बैठकको निर्णय सार्वजनिक गर्दै तमलोपाले स्थानीय तह पुर्नसंरचनामा तराई मधेसमा कुल संख्याको ३० प्रतिशतमात्रै रहेको भन्दै त्यो आफूहरुलाई मान्य नभएको पनि बताएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com