लोकमान कुन लोकको यमराज हुन् र कानून नलाग्ने ?


प्रकाशित मिति : कार्तिक २, २०७३ मंगलबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा सर्वोच्च अदालतले म्याद तामेली गर्न नसक्ने अवस्था सिर्जना हुनु कानूनी शासनमाथिको प्रहार भएको भन्दै सांसदहरूले सदनमा ध्यानाकर्षण गराएका छन् ।

व्यवस्थापिका संसदको मंगलवार बसेको बैठकको विशेष समयमा सांसदहरूले सर्वोच्च अदालतले म्याद तामेली गर्न नसक्ने अबस्था आउनु दुर्भाग्य भएको बताएका हुन् । विशेष समयमा नेपाली कांग्रेसका राधेश्याम अधिकारीले संवैधानिक निकायको प्रमुखले कानूनको खिल्ली उडाउँदा संसद टुलुटुलु हेरेर बस्न नमिल्ने बताए ।

उनले अख्तियार प्रमुख कार्कीको विदा कहिलेसम्म स्वीकृत भएको भन्नेबारे सदनलाई जानकारी गराउन माग गरे । एमालेका रेवती रमण भण्डारीले लोकमानको घरमा सर्वोच्च अदालतले म्याद तामेली गर्न नसक्ने अवस्थाले देशको शान्ति सुरक्षा कस्तो छ भनी गृहमन्त्रीसँग प्रश्न गरे ।

थरुहट तराई पार्टीकी गंगा चौधरी सत्गौवाले प्रमुख राजनीतिक दलको संरक्षणकै कारण सर्वोच्च अदालतले लोकमानको घरमा म्याद तामेली गर्न नसकेको बताइन् । ‘कानूनको संरक्षण गर्नुपर्ने मान्छेले कानूनको धज्जी उडाउने ? ‘लोकमानसिंह कुन लोकको यमराज हुन्,उनको घरमा म्याद तामेली गर्न नसकिने ?,’ चौधरीले भनिन्, ‘भ्रष्टाचारीलाई देश निकाला गर्नुपर्छ । उनलाई बचाउने राजनीतिक दललाई पनि कानूनको कठघरामा ल्याउनुपर्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com