अन्डरडग पेशा उवर र लिफ्टमा नेपालीको आकर्षण


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

अमित अभय अधिकारी

ट्याक्सी…..यो आवाजसंगै कुनै पनि ट्याक्सी उक्त व्यक्तिको अगाडी गएर रोकिनु नेपालमा नौलो होइन, कतिपय अवस्थामा ट्याक्सी चालकले आग्रहकर्ता व्यक्तिको आग्रह स्वीकार नगर्ने र भनिएको पैसा तथा स्थानमा जान आनाकानी गर्ने पनि नौलो होइन । सरकारले थूप्रै पटक नियम कानुन त बनायो तर ठग्न पाउनुपर्ने भन्दै ट्याक्सी चालकले राजधानी काठमाडौं नै ठप्प पारेको पनि नौलो होइन । तर हाल आएर विश्वका विभिन्न देशका ६ सय ३३ सहरमा सञ्चालन गरिएको सुविधाले चालक र प्रयोगकर्ता दुवैलाई सहज बनाएको छ । विशेषतः विश्वमा चलनचल्तिमा रहेका प्रमुख दुई यस्ता कम्पनिहरु हुन् उबर र लिफ्ट । उवरको सुरुवात मार्च २ हजार ९ मा भएको थियो भने लिफ्टको सुरुवात जुन २ हजार १२ मा, लिफ्ट हाल करिव ३ सय अमेरिकी सहरमा सञ्चालित छ ।

के हो उवर र लिफ्ट ?

हुन त हाल आएर थूप्रै अन्य सानातिना कम्पनिहरु खुलेका छन् तर विश्वमा र अमेरिकामा सबैभन्दा लोकप्रिय र बढी प्रयोग हुने यातायतको माध्यम बनेका छन् उवर र लिफ्ट । उवर र लिफ्ट भन्नाले एक यस्तो कम्पनि बुझिन्छ जोसंग आफ्नो कुनै साधन छैनन् न त आफ्नो चालक नै छन्, अरुले चलाएको उसैको साधनलाई केवल आफ्नो मोवाइल एप्लीकेसन(एप्स)बाट व्यस्थित र सहज बनाउने कम्पनि हुन् उवर र लिफ्ट । खासमा बुझ्ने भाषामा भन्नु पर्दा कुनै पनि व्यक्तिलाई साधन र चालक चाहिएको खण्डमा बजारमा उपलव्ध व्यक्तिमध्ये नजिकको व्यक्तिलाई त्यस मागको बारे सुचित गर्ने एप्स बनाइदिएका छन् उवर र लिफ्टले । सवारीको माग र उपलव्ध सवारीबीच बिचौलियको काम गर्ने एप्स बनाइदिएका छन् उवर र लिफ्टले जसले गर्दा यात्रुलाई त सहज भएको छ नै, यससंग सम्बन्धित रहेर काम गर्नेलाई समेत आम्दानीको माध्यम बनेको छ ।

उवर वा लिफ्ट एप्लीकेसन फोनमा डाउनलोड गरेपछि, आफू रहेको स्थानमा नजिकै रहेका गाडीहरु जुन उवर र लिफ्ट कप्पनिले अनुमति दिएका छन् उनीहलाई पहिचान गरि आफू रहेको स्थानमा लिन आइ आफूले चाहेको स्थानमा छोड्न फोनकै माध्यमबाट आग्रह गर्ने र फोनकै माध्यमबाट स्वीकार वा अस्वीकार गर्ने माध्यमका कम्पनीहरु हुन् उवर र लिफ्ट ।

बिचौलियाका यस्ता कम्पनी जसले दिनभर विश्वका विभिन्न सहरमा यस्तै माग र आपूतिको समन्वयबाटै खरवौं कारोवार गरिरहेका छन् । उवर र लिफ्ट ठूला र एक अर्काका प्रतिस्पर्धी रहेपनि यी दुवैको जन्मथलो भने अमेरिकाको क्यालिफोर्निया राज्यको स्यान फ्रानसिस्को सहर रहेका छन् । यद्यपि कम्पनिको हैशियतको तुलना गर्ने हो भने उवर निकै ठूलो हैशियतमा रहेको छ । उवरको बार्षिक आम्दानी करिव ७ अर्व अमेरिकी डलरको छ भने लिफ्टको करिव ७० करोड अमेरिकी डलर रहेको छ । यद्यपि यी दुईमा आस्रितको आम्दानी भने निकै उत्साहजनक रहेको पाइएको छ ।

अमेरिकाको न्यूयोर्क सहर विश्वकै एक उत्कृष्ट पर्यटकिय सहरमा पर्छ । सहरको चमकधमक अनि कहिले ननिदाउने सहर कहलिने न्यूयोर्कमा घुम्न विश्वका हरेक स्थानबाट मानिसहरु आउने गर्दछन् । पर्यटकिय सहर र घुम्ने व्यक्तिको भिडमा आफ्नो हैशियत र गच्छे अनुसार मानिसहरु यातायातको साधन प्रयोग गर्ने गर्छन् । कतिपय सार्वजनिक रेलमा हुइकिन्छन् त कतिपय बसमा त कति आफ्नै साधनमा । यद्यपिक यस्ता थूप्रैमा कैयौ छन् जसलाई घुम्न माथि उल्लेखित माध्यम लिफ्ट वा उवरको प्रयोग गर्छन् । सुरक्षा र आर्थिक रुपमा तुलना गरेर आफूले रोजेको स्थान र समयमा केवल फोनको एक क्लीकले बोलाउन मिल्ने यस्ता साधनले कतिपयको अकस्मात आइपर्ने समस्या टारेका छन् त कतिपयको घुम्नका लागि भनिएको स्थानसम्म पुग्ने माध्यम बनेका छन् ।

न त भाडामा किचकिच गर्नुनै पर्ने न त चालको दुव्र्यवहारबाट डराउनुपर्ने । हरेक उवर वा लिफ्ट चालकको अनुमति लिनुपूर्व उसको बारे सम्पूर्ण तथ्याँक र जानकारी हासिल गरेर मात्र अनुमति दिइने भएकाले सुरक्षाको दृष्टिले पनि निकै सुरक्षित मानिन्छन् यी साधनहरु अमेरिकामा । हुन त भारतको नयाँ दिल्लीमा केही वर्ष पहिले उवरमै बलात्कारको घटना नभएको पनि होइन तर देश अनुसारको भेष भनेजस्तै निकै नै फिजिएको इन्टरनेट र चुष्त कानुनी शासनको डरमा अमेरिकामा त्यस्ता घटना हुनु अत्यन्तै दूर्लभ मान्नु पर्छ । अझ त्यसमा पनि आफूले प्रयोग गरेको लिफ्ट र उवर चालको आनीबानी र व्यवहारबारे अन्त्यमा रेटिंग गर्ने व्यवस्था हुनाले पनि त्यसैलाई पेशा मान्ने व्यक्तिले आफ्नो गाडीमा चढ्ने यात्रुलाई निकै शिष्ट र सभ्य व्यवहार गर्ने गर्दछन् । जति कम रेटिंग उति धेरै समस्या र अन्त्यमा लिफ्ट वा उवर चलाउने अनुमति नै खारेजीसम्मको व्यवस्था हुनुले पनि चालकले आफ्नो साधनमा रहने यात्रुलाई मर्यादापूर्वक व्यवहार गर्ने गर्दछन् भने यात्रुको हकमा पनि रेटिंगको उस्तै अधिकार चालकलाई दिइएको छ ।

यति धेरै भूमिकापछि पूनः न्यूयोर्क सहरकै प्रशंग, अमेरिका आउने हरेक व्यक्तिको सपना हुन्छ न्यूयोर्कमा रमाउने भने कतिपयका निम्ति रोजगारीको राम्रो स्थान बनेको छ पर्यटकिय सहर न्यूयोर्क ।

३८ वर्षिया कृष्ण राज काफ्ले अमेरिका आएको ३ वर्ष भयो । रोजगारीको शिलसिलामा काफ्लेले कतार, क्यानडा हुदै अमेरिका आइपुगे । कतारमा ११ वर्ष अमेरिकन एअरफोर्सका लागि ट्रक चलाएका काफ्लेले करिव ६ वर्ष क्यानडा र अमेरिकामा ट्रक मार्फत सामान ढुवानी गरे । हाल न्यूयोर्कको क्वुइन्समा उवर र लिफ्ट गर्दै आएका उनले आफ्नो अनुभव सन्तुष्टीका साथ सुनाए । सारा जीवन ट्रक चलाएका उनले अहिले दिनमा करिव १४ घन्टा आफ्नो मोवाइलमा आउने राइडका मागलाई सम्बोधन गर्दै बिताउछन् । कुनै पनि स्थानमा आफ्नो गाडीमा आउने नोटिफिकेसन हेरेर जाने र नजाने निधो गर्दै बिताउछन् । अल्छी लागे ह्या होस् म जान्न भन्छन् त नलागे गन्तव्यतिर हुइकिइ हाल्छन् । लाखौं सवारी गुड्ने न्यूयोर्कमा मोवाइल एप्सबाट उवर र लिफ्टका प्रयोगकर्ताले काफ्लेको गाडी अनुरोध गर्छन् र काफ्ले पनि फोनबाट गा्रहक भएको स्थानसम्म जाने वा नजाने निर्णय गर्छन् ।

यसरी सवारी चलाउर्दै कहिले कुन सहर त कहिले न्यूयोर्कका विभिन्न गल्ली हुन् वा ठूला हाइवे, ट्राफिक जाम होस् वा भिडभाड आफ्नो गन्तव्यमा छाड्दा नछाड्दै आर्को राइडको प्रस्ताव लिने वा नलिने अवस्थामा पुगिसक्छन् काफ्ले । सवारी चालकले यात्रुलाई गाडीमा राखेपछि उसको स्थानमा नपुगुन्जेल सम्मको दूरी र समयलाई हिसाव गरेरक उवर र लिफ्टले आफ्नो हिस्सा राखी बाँकी रकम काफ्लेलाई दिन्छन् । यसरी दिनमा १० देखि बढीमा १४ घन्टा काम गर्ने काफ्लेले करिव ४ सय देखि ५ सय ५० सम्म कमाउछन् ।

आफ्नो अनुभव सुनाउन कत्ती पनि नलजाएका र अफ्ठेरो नमान्ने काफ्लेले हामीसंग फोनमा बोल्दा बोल्दै एक यात्रुलाई गन्तव्यमा छाड्न हिडिसकेका थिए । उनी भन्दै थिए, ४० मिनेटको राइड छ । अर्थात करिव ४० डलर कमाउनेछन् काफ्लेले, यो मेरो अनुमान हो वा भनौ अनुभव । करिव ३० मिनेट सवारी चलाउदा ३० डलर कमाई, हाम्रो प्रश्नमा काफ्लेको सन्तुष्ट उत्तर थियो, महिनामा करिव १० हजार अमेरिकी डलर हुन्छ । त्यसमा करिव ७ सय डलरको तेल अर्थात ग्यास, करिव ५०० डलरको सडक टोल खर्च, करिव ३ सय डलरको अन्य खर्च । महिनामा करिव १० हजार आम्दानी र त्यसमा करिव २ हजार खर्च काफ्लेले चोखो ७ हजार ५ सय देखि ८ हजार डलर आफ्नो खल्तीमा आउने बताउदै थिए । आर्थिक वर्ष २ हजार १७ को करिव १ लाख ३० हजार अमेरिकी डलर आम्दानीको कर तिर्ने तरखरमा रहेको उनको भनाई थियो । सामान्य काम गरेर घन्टाको ९ वा १० डलर कमाउनु भन्दा गाडी चलाउने खुवी भए उवर वा लिफ्टमा आवद्ध भई पैसा कमाउने सुझाव पनि दिदैं थिए काफ्ले । मैले हाल कृपेश कार लिजिंगबाट केही गाडीहरु भाँडामा समेत दिदै आएको छु, कसैले लिफ्ट वा उवर सम्बन्धी केही जानकारी लिन चाहन्छ भने उनलाई भेट्न, सुझाव लिन सक्ने उनको भनाई छ ।

अमेरिकाको व्यस्त सहर न्यूयोर्कमा सवारी हाक्नु आफैमा चुनौती रहेको उनी ठान्छन्, कहिलेकाँही आफ्नो गल्ती नहुदा पनि अरुको गल्तीमा क्षति हुने उनी बताउछन् यद्यपि कुनै पनि सवारी प्रयोगकर्ता वा भनौ उवर र लिफ्ट प्रयोगकर्तासंग काफ्लेको नराम्रो अनुभव भने छैन । हालसम्म करिव ४ हजार भन्दा धेरै राइडमा गइसकेका काफ्ले यात्रुहरुसंगको सम्बन्ध बरु रमाइलो हुने बताउदै थिए । कतिपयको आआफ्नो बानी र स्वभाव हुन्छ त्यसलाई बुझ्न सके कहिले काँही १० डलरको दूरीमा २० देखि ३० डलरको टिप्स समेत पाएको रमाइलो अनुभव छ काफ्लेसंग । अमेरिकी नागरिकमा कुनै पनि पेशाप्रति सम्मान भएकाले कहिल्यै कुनै अफ्ठेरो नलागेको उनको अनुभव छ । काफ्ले भन्छन्, केही समयपछि गाडीको संख्या थप गरि अन्य नेपालीलाई उवर वा लिफ्ट प्रयोगमा गाडी भाँडामा उपलव्ध गराउने लक्ष्य छ । अन्य कुनै पनि पेशामा होस् उवर र लिफ्टलाई आफू अनुकुल र समय अनुसार गर्न मिल्ने भएकाले पनि नयाँ व्यक्तिले यसप्रति सोच्न हिच्किचाउन नपर्ने बताउछन्, काफ्ले ।

त्यस्तै न्यूयोर्ककै २९ वर्षिया प्रवेशको अनुभव पनि त्यस्तै छ । स्नातकमा सिभिल इन्जिनियरिंग सकेका प्रवेशले राम्रै स्थानमा पढाई अनुसारको काम गर्दै आएका थिए तर केही महिनाको लागी नेपाल गएर आँउदा उनले काम गुमाउनु पर्यो । काम भन्नेवित्तिकै भनेजस्ते आम्दानीको नपाइने भएकाले प्रवेशले पनि उवर र लिफ्टलाई पार्टटाइम पेशाको रुपमा अंगाले । करिव ४ महिना भयो प्रवेशले दिनमा ५ देखि ८ घन्टा उवर चलाउदैं आएका छन् । उनले पनि कम्तिमा २ सय ५० देखि ३ सय डलर आम्दानी गर्ने बताए । म फूल टाइम उवर त चलाको छैन तर जति चलाको छु त्यतिमा भएको आम्दानीले सन्तुष्ट छु । दिनमा केही घन्टामात्र गर्छु भने पनि पाइने र गर्दै गर्दिन भने पनि पाइने आफ्नो अनुकुल र आवस्यकता अनुसारको भएकाले हरेक उमेर र पेशासंग सम्बन्धित व्यक्ति यस क्षेत्रमा लागेको पाइएको उनको बुझाइ छ । प्रवेश भन्छन् खट्न सक्नेले राम्रो पैसा कमाउछ तर सुरुवातमा कुनै पनि रेष्टुरेन्ट वा अन्य स्थानमा काम गर्ने हो भने त्यो भन्दा धेरै पैसा कमाउन सकिन्छ यसबाट । यस क्षेत्र नयाँ भएपनि केही घन्टाको आम्दानी प्रवेशको पूरानो पेशाको आम्दानी बराबरकै रहेको छ । नेपालका साथीहरुले गाडी चलाउने भनेर जिस्काए पनि उनको गाडीमा यात्रा गर्नेको व्यवहार सदैव सम्मानजनक नै रहेकोे अनुभव छ । प्रवेश थप्छन्, मैले चिनेको डाक्टर, इन्जिनियर लगायत विभिन्न पेशाका व्यक्तिले लिफ्ट र उवरबाटै अतिरिक्त आम्दानी गर्दै आएका छन्, त्यसैले यो पेशामा रहेको सम्भावना र आम्दानीको अवस्था कस्तो छ भनेर बुझ्न कठिन छैन ।

नेपाली मात्रै होइन र न्यूयोर्कमा मात्रै होइन विश्वका विभिन्न स्थामा करिव २४ हजारको संख्यामा चालकहरुले आफ्नो सवारीलाई उवरमार्फत आवद्ध गराएका छन् । लिफ्टले दिनमा करिव दशलाख व्यक्तिलाई आफ्नो एप्स मार्फत सवारी र चालक उपलव्ध गराउछ भने उवरले करिव ६० देखि ७० लाख मानिसलाई आफ्नो एप्स मार्फत सेवा दिन्छ । बढ्दो जनसंख्यासंगै उवर र लिफ्ट लगायतका साधनको प्रयोग पनि दैनिक बढ्दो छ ।

कसरी सञ्चालन हुन्छन् उवर, लिफ्ट र अन्य साधन ?

उवर वा लिफ्ट वा अन्य कुनै यस्ता एप्समा कुनै पनि व्यक्तिले आफू काम गर्न कानुनी हैसियतको भएको देखाउनु पर्छ, यद्यपि विभिन्न देशअनुसारको नियम भएपनि अमेरिकाको कुरा गर्नु पर्दा उवर वा लिफ्ट चलाउन चाहनेले आफ्नो सवारी चालक अनुमति पत्र, गाडीको विमाको कागज, गाडी दर्ताको कागज अनलाइन मार्फत अपलोड गरेपछि उवर वा लिफ्टले कुनै पनि व्यक्तिको बारे उसको इतिहास हेर्ने गर्दछ, उसको सवारी चलाउने अनुभव, सवारी चलाउदा नियम उल्लंघन गरेको वा नगरेको लगायतका विषय हेर्ने गरिन्छ भने अमेरिकी कानुनले बर्जित गरेको अन्य कुनै अपराधमा संलग्न भए वा नभएको हेरेर उवर वा लिफ्टमा आवद्ध हुने वा नहुने टुंगो लाग्छ ।

यसरी टुंगो लागीसकेपछि कुनै पनि सवारीको निश्चित मोडल र माइलेज अनि गाडीको उत्पादन मितिको सबै प्रकृया अनुसान्धान गरि कस्तो प्रकारको सवारी भनेर उल्लेख गरिन्छ । त्यसपश्चात, सवारी धनीले आफ्नो मोवाइल फोनमा यी कम्पनिको एप्स डाउनलोड गरि आफ्नो अनुकुल समयमा सवारी मार्फत अन्य व्यक्तिलाई गन्तव्यसम्म छाड्ने र पिकअप गर्ने गर्न सकिन्छ ।

यी दुवै कम्पनिले निश्चित शुल्क लिएर आफैले सवारी उपलव्ध पनि गराउछन् भने कुनै पनि व्यक्तिले आप्mनो सवारीलाई नै यस कामको लागि प्रयोग गर्न सक्छन् । यद्यपि यसरी सवारी चलाउदाँ लाग्ने तेल अनि मर्मतको खर्च भने चालक स्वयमकै हुन्छ ।

उवर र लिफ्टको पैसा दिने प्रक्रिया

जसरी नेपालमा कुनै पनि बिचौलियालाई दलाली भन्ने गरिन्छ, सामान्य रुपमा यी कम्पनिले पनि दलालीबाटै पैसा कमाउछन्, अर्काको सवारी अनी उही नै चालक यी कम्पनिले केवल सवारी धनी र यात्रुबीच समन्वय गराइदिने काम गर्दछन् र त्यसको बीचमा यात्रुले तिरेको पैसाबाट निश्चित प्रतिशत कटाई अन्य पैसा चालकको खातामा जम्मा गरिदिन्छन् जुन पैसा तत्काल नै निकाल्न वा त्यही खातामै राख्न मिल्छ ।

संसारभर छरिएको उवर होस् वा विस्तार हुदै गरेको लिफ्ट हरेक उमेर समूहका व्यक्तिले आफूले चाहेको समयमा काम गर्न मिल्ने भएकाले यो पेशा नपत्याउदो रुपमा फस्ठाउदैं गएको छ । कतिपय व्यक्तिले दिनमा अन्य कुनै पेशामा आवद्ध भएपनि फूर्सदको समयमा यस पेशामा आवद्ध भएका उदाहरण थूप्रै छन् । नेपालमा ‘ड्राइभर’ भन्ने हेतुले हेरे पनि अमेरिकामा यस पेशाको उत्तिकै सम्मान छ जति अन्य पेशाको छ । आफूलाई आवश्यक पर्दा ढुंगालाई पनि भगवान पुजिन्छ नेपालमा तर व्यक्तिलाई हेला गरिन्छ भने अमेरिकामा तपाई जो होस् तपाईले कसैलाई कुनै सुविधा प्रदान गर्दै हुनुहुन्छ चाहे निशुल्क होस् वा शशुल्क सेवा लिने व्यक्ति तपाईप्रति आभारी हुने गर्दछन् । त्यसैले आफूलाई आवश्यक पर्दा साधन र समय उपलव्ध गर्ने चालकहरु पनि यात्रुका निम्ति धन्यवादका पात्र बन्दछन् । यद्यपि कतिपय दुव्र्यवहार र अन्य घटना नभएका भने होइनन् तर हरेक व्यक्ति कम्पनिको निगरानीमा हुने गरेकाले घटना वा दुव्र्यवहार गरेर उम्किनु मुस्किल पनि हुन्छ जसले गर्दा पनि दुवैमा एकअर्काप्रति सम्मान र दायित्वको भावना हुने गर्दछ । त्यसमा पनि कुनै काम सानो वा ठूलो नहुने राम्रो उदाहरण यो पूजिवादी समाज अमेरिकाको छ , त्यसैले कुनै पनि पेसा स्वतन्त्र र सम्मानका साथ अगाल्नु यहाँ सामान्य विषय हो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com