कान्तिपुर पव्लिकेशनका अध्यक्ष सिरोेहिया बिरुद्ध पक्राउ पुर्जी जारी , पूर्वाग्रह राखेर कारवाही नगर्न कांग्रेसको चेतावनी


प्रकाशित मिति : जेष्ठ ८, २०८१ मंगलबार

धनुषा जिल्ला अदालतले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ । मंगलबार उहाँ विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले सिरोहियाका विरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो।

यसअघि सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो । सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको धनुषा प्रहरीले जनाएको थियो।

१६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो ।
सिरोहियाले आफूले २०३४ सालमा नागरिकता र २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर दुइटा नागरिकता नलिएको भन्दै विज्ञप्ति जारी गर्नुभएको थियो ।

कैलाश सिरोहियाले आफूविरूद्ध जाहेरी परेपछि सर्वोच्चमा प्रतिषेधको आदेश माग गर्दै रिटसमेत दायर गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएकोबारे कुरा उठेको छ । बैठकमा नेपाली कांग्रेसका सह महामन्त्री तथा सांसद बद्री पाण्डेले सिरोहियाविरुद्धको पक्राउ पुर्जीबारे कुरा उठाउनु भएको हो ।

उहाँले राज्यका हरेक नागरिकलाई कानुनी दायरामा ल्याउन पाइने भएपनि आग्रह पूर्वाग्रह राखेर कसैमाथि कारबाही गर्न नपाइने बताउनु भयो । यदि त्यसभए कांग्रेस चुप लागेर नबस्ने उहाँले बताउनु भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com