न्युयोर्कमा हुने हिमआँधीका लागि तयार रहने ६ महत्वपूर्ण टिप्स


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

न्युयोर्कमा बुधबार विहान ६ बजेदेखि सिजनकै ठूलोमध्येको हिमआँधी आउने भएको छ । बुधबार बिहानदेखि हिमपात सुरु हुने र दिउसोसम्म १५ इन्चसम्म हिमपात हुने भएकाले तयारी र सुरक्षित रहनका लागि मौसम सेवाले ६ वटा टिप्सहरु दिएको छ ।

– हिमआँधीको बेलामा सकभर घरभित्रै न्यायोमा बस्नुपर्छ । किनभने चिसोमा धेरैबेर बस्दा लामो समयसम्म शरीर चिसिने हाइपोथर्मिया हुनसक्छ ।

– त्यस्तै हिमपातको बेला र त्यसपछि हिड्दा र ड्राइभ गर्दा होसियारी अपनाउनुपर्छ । किनभने चिप्लो सडकका कारण कैयन दुर्घटनाहरु हुने गर्छन् ।

– ड्राइभ गर्नुभन्दा अगाडि आफ्ना साथी र आफन्तहरुलाई कहाँ जाँदैछु, कतिसम्म लाग्छ र कुन बाटो जाँदैछु भन्ने जानकारी दिनुपर्छ । त्यसो भएमा तपाईको गाडी कतै अलपत्र पर्ने अवस्था आएमा आफन्त र साथीहरुले तपाईलाई पत्ता लगाउन सक्छन् ।

– यदि हातखुट्टा, नाक, कानले गर्ने अनुभव हराएकोजस्तो लागेमा आफ्ना अंगहरु ढाक्नुहोस् । छाला रगड्न छाड्नुहोस् । तत्काल मेडिकल सहयोग खोज्नुहोस् । किनभने तपाईको शरिरका टिस्युहरु चिसोले ड्यामेज भएका हुनसक्छन् ।

– हिउँ सोहोर्दा बेलाबेलामा आराम गर्नुहोस् र धेरै भार नबोक्नुहोस् । किनभने धेरै कठिन काम गर्दा हृदयघातको समेत खतरा हुन्छ । हिउँ सोहोर्दा हृदयघात भएका कैयन घटनाहरु छन् ।

– न्यायो बस्नुहोस् । सुख्खा र न्यायो कपडाहरु लगाउनुहोस् । हिउले कपडाहरु भिजेमा सकेसम्म छिटो बदल्नुहोस् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com