धेरै कुरा सिकाउने १२ दिने नेपाल बसाई

– मौसमी श्रेष्ठ

मैले जुन आशा र अपेक्षा बोकेर छोटो अबधिका लागी नेपाल गएको थिएँ साँच्चै ती सबै अपेक्षाहरु पुरा भए । म नेपाल जानु अघि मेरो मनमा धेरै कौतुहलता थियो । हाम्रो नेपालको टीम कस्तो छ, उनीहरुले संस्थाको उद्देस्य र हाम्रो अपेक्षा अनुसारको काम परिणामको तहमा पुरा गर्न सक्छ कि सक्दैन भन्ने शंका उपशंकाहरु थिए । हामीले फोन र म्यासेनजरकै भरमा काम गर्थ्यौं र अहिले सम्म हाम्रो संस्थाले नेपालमा जति काम गरिराखेको छ त्यो सबै म्यासेन्जरकै भरमा हुने गरेको छ। एक अर्का बिच चिनजान पनि नभएको अवस्था थियो । यस्तो अवस्थामा पनि नेपालको टिमले निकै मेहनतका साथ काम गरेको रहेछ भन्ने  कुरा मलाई नेपाल पुगेपछि मात्रै थाहा भयो । मेरो मनका संका र उपसंकाहरु त्यहाँ भएका काम गराईबाट सबै हट्यो अनि मलाई थप हौसला प्राप्त भयो ।

नेपाल बसाईमा मेरा लागी एउटा अबिस्मरणिय घटना भयो । म स्यागंजाको चिसापानी स्थीत ललहीमा एउटा बिद्यालय निरिक्षणका लागी पुगेको थिएँ । जहाँ नेपाल जर्नी  नेपालका अध्यक्ष गणेश लाल श्रेष्ठ, सचिव प्रकाश सिग्देल र सदस्य नबिन श्रेष्ठ पुगेका थियौं । निकै कष्टका साथ बिद्यालयको निरिक्षण र अभिभावकहरुसंग भालाकुसारी गरी पुस्तकालय निमार्ण गर्ने प्रतिवद्धता सहित हामी फिता भयौं । यात्रा निकै रमणीय र आनन्ददायी थियो । तर हामि करिव डेढ घन्टा कच्ची सडक बाटो पार गरी दुलेगौंडा बजार आइपुग्यौं । त्यहाँ  पुस्तकालयको फर्निचर अर्डर गरी हामी फर्किन लाग्दा बेला सडकमा राखेको रडमा ठेस लागेर म भुइंमा लड्न पुगें । मेरो हात, खुट्टा र नाकमा चोट लाग्यो । नाकबाट रगत बग्न थाल्यो । संगै गएका साथीहरुले स्थानीय स्वास्थ्य केन्द्रमा लगी उपचार गराउनु भयो । अनि म तीन दिनसम्म आराम गर्नु पर्यो । तर त्यो घटनाले मलाई नकारात्मक होइन अरु बढी काम गर्न आत्मबल प्रदान गरेको छ ।

 

नेपालमा रहंदा मकवानपुरमा निर्माण गरेको नेपाल जर्नी पब्लिक पुस्तकालय उद्धघाटमा केन्द्रित भएँ । पुस्तकालय निर्माण यो वर्षकै हाम्रो गौरवको योजना थियो र साँच्चै गौरवकै बनेको थियो । जहाँ हामीले हाम्रा शुभचिन्तक आदरणीय सबै सहयोगी मनहरुको सहयोग बाट करिव ४० लाख लागतमा निर्माण  सम्पन्न भएका थियो । त्यो उद्धघाटन र हस्तान्तरण गर्न म करिव चार दिन भन्दा बढी ब्यस्त  भएँ  जुन पुस्तकालयको एन आर एन ए अध्यक्ष भवन भट्टले उद्धघाटन गर्नु भयो । म उहाँ  प्रति आभार व्यक्त गर्न चाहन्छु । उहाँको साथ र सहयोगको लागि हाम्रो संस्था ऋणी छ ।  त्यस पछि स्थानीय सरकारी अधिकारी तथा संघ संस्थाका पदाधीकारीहरु संग छलफलमा ब्यस्त बने भने चितवन भरतपुर स्थित नारायणी माध्यामिक बिद्यालयमा रहेका नेत्रहिन बिद्यार्थीलाई झोला तथा सुईटर बितरण गर्ने अवसर पाएँ । स्यागंजाको ललहीमा रहेको जन जागृति आधारभूत बिद्यालयमा पुस्तकालय निर्माणका  लागी निरिक्षण गर्न पुगें । जो घटना मेरो लागी अविस्मरणीय रह्यो जुन कुरा मैले अघि नै बताइसकें। त्यस पछि चितवनको निपनी र नवलपुरका बिभिन्न क्षेत्रका बिद्यालय तथा सामाजिक भवनको निरिक्षणका लागी मैले आफनो समय केन्द्रित गरें । अमेरिका फर्किने बेलामा चार दिन काठमाण्डौ बसाई भयो जहाँ  मैले ललितपुर महानगरका मेयर देखि अन्य धेरै संघ संस्थाका अधिकारीहरु संग संस्थाले गरेका कामको बारेमा छलफल गर्ने अवसर पाएँ ।

मेरो करीव १२ दिनको नेपाल बसाइमा मैले धेरै कुरा सिकें र मलाई काम गर्ने तरिका समेत त्यो बसाइले सिकें । म नेपालमा रहंदा यति व्यस्त भएँ कि  १ घन्टा पनि मेरो माईतका आमा बुबा तथा दाजु भाई संग कुरा गर्ने फुसद पाईन । बिद्यालय तथा संघ संस्थाहरुले हजुर आईदिनु पर्यो,  हाम्रो समस्या सुनिदिनुपर्यो भनेर यति धेरै आग्रहहरु आएकि कति त समय भएन भनेर छोडेर हिड्नु पर्ने अवस्था भयो । बिहान निस्क्यो खाने पनि फुर्सद नहुने । नेपाल जर्नी र यसले गरेका काम यति छोटो  समयमा नेपालमा यति धेरै चर्चामा आएछ कि त्यो म नेपाल गएर मात्रै थाहा पाए । म जहाँ जान्छु त्यहाँ नेपाल जर्नी भन्ने संस्थाले राम्रो काम गरेको छ, अव हाम्रोमा पनि पुस्तकालय बनाउनु पर्यो, हामीलाई पनि सहयोग गर्नु पर्यो । यहा बिद्यालय भवन बनाईदिनु पर्यो, यहाँ बिद्युतिय पुस्तकालय बनाईदिनु पर्यो, यहाँ खानेपानीमा सहयोग गर्नु पर्यो , यहाँ बिद्यार्थीलाई छात्रबृति दिनु पर्यो, यहाँ शैक्षिक सामाग्री सहयोग गर्नु पर्यो ।

यस्ता आसा र अपेक्षा त कति कति । हाम्रो संस्था संग यति धेरै अपेक्षाकी आम मानिसको त्यो म ब्याख्या नै गरेर सक्दिन । मलाई ती बिद्यालयहरुमा जाँदा लाग्थ्यो, यस्तो पनि बिद्यालय हुन्छ । बिचरा बिद्यार्थी कसरी पढ्छन् । न राम्रो डे्स छ न किताव कापि , खाली खुट्टा बिद्यालय त्यो पनि खालीपेट साँच्चै नेपालका सरकारी बिद्यालयहरुको अवस्था निकै दर्दनाक छ । सरकारी बिद्यालयका अधिकांस अभिभावकहरुले हामीसंग धेरै आसा र अपेक्षा गर्नु भएको छ । र हामीले जहाँ जहाँ काम गर्यौ र जहाँ जहाँ पुग्यौ त्यहाँ साच्चै नेपाल जर्नी लाई हेर्ने दृस्टीकोण सकारात्मक भएको पाएँ ।  नेपालमा सन्चार माध्यमहरुले पनि  निकै सहयोग गरेको पाएँ ।

अहिले सम्म हामीले जहा जति काम गर्यौ, त्यहाँ सरकारी निकायबाट निकै ठुलो साथ र सहयोग रह्यो । अझ हामि त सरकारी बिद्यालयहरुमै काम गर्दै छौं । उहाँहरुकै चाहना र आग्रहमा उहाँहरुसंगै सहकार्य गरेर अहिले सम्म काम गरिरहेका छौ । सबै क्षेत्रमा सरकारी अधिकारीहरु र सरकारी कार्यालयद्धारा आर्थिक तथा भौतिक दुबै रुपमा पुर्ण सहयोग भएको छ । हामीले गरेका काममा सहभागी भैदिने, सल्लाह सुझाव दिने देखी अन्य सबै खाले सहयोग प्राप्त भएको मैले पाएँ ।

मकवानपुर हेटौडामा ४० लाखको लागतमा नेपाल जर्नी पब्लीक पुस्तकाय स्थापना, बालकुमारी उच्च माबि चितवनमा १० लाखको लागतमा  लाईब्रेरी स्थापना, चितवनको अति बिकट र राज्यको पहुच बाहिर रहेको लोथर गाबिसको बिकट चेपागं बस्ति कान्दामा ४ लाख लागतमा नेपाल जर्नी चिल्डेन लाईब्रेरी स्थापना, रामेश्वर पुस्तकालयमा ४  लाख लागतमा बिद्युतिय पुस्तकाय स्थापना, बाबुआमा बिहिन दुई दिदि भाईलाई आबासिय रुपमा पठन पाठनको ब्यवस्था लगाएत अन्य धेरै सहयोगका कार्यक्रमहरु यस अघि भईसकेका छन् ।

अवको हाम्रो निकै ठुलो परियोजना छ । जस्को थ्रिडी एनिमेसन तयार भईसकेको छ । हामीले नेपालकै नमुना अपागं मैत्री  पुस्तकालय निमार्णको लक्ष्य राखेका छौं। यो वर्ष २०१८ को हाम्रो ठुलो परियोजना हो । यो पुस्तकालय यस्तो बनाउने लक्ष छ कि बनेपछि एक पटक मान्छेहरुलाई लागोस नेपालमा यस्तो पनि बन्छ । अनि यस्तो कसरी सम्भव भयो । आखिर संकल्प गर्यो  भने त हुँदो रहेछ नी भन्ने खालकौ निकै आकर्षक भब्य पुस्तकालय निमार्णको लक्ष्य छ जसका लागी आर्थीक संकलन गर्ने काम समेत शुरु भईसकेको  छ । त्यो संगै एउटा बृद्ध बृद्धा तथा बाल बालिकाहरुको लागी निशुल्क सेवा गर्ने अस्पताल संचालन गर्ने अनि निशुल्क प्राबिधिक शिक्षा दिने बिद्यालय समेत स्थापना गर्ने लक्ष्य छ । लक्ष्मी प्रसाद देवकोटाले भने जस्तै उद्देस्य के लिनु उडि छुनु चन्द्र एक । यो हाम्रो अठोट हो र यो संकल्प पुरा गरेरै छाड्छौं । जसलाई पुरा गर्न अमेरिका लगाएत बिश्वका कुना कुनामा बस्ने दानबिर सेवाका लागी हरदम समर्पित  फराकिलो मन भएका दानवीर मनहरुले साथ दिईरहनु भएको छ । उहाँहरुलाइ हामि नमन गर्न चाहन्छौं । अनि यो संकल्प पुरा गर्न नेपालमा उर्जावान टीम छ ।यो संगै सरकारी बिद्यालयहरुमा साना साना लाईब्रेरी निमार्ण संगै खानेपानी लगाएत अन्य क्षेत्रमा पनि काम हरु हुनेछन् ।

तपाईको मनमा स्वार्थ छैन भने तपाईले छिटो प्रगती हासिल गर्न सक्नु हुन्छ । म आफुलाई भन्दा समाजलाई ठुलो ठान्दछु । मलाई सामाजिक सेवाको नाममा  एक पैसा पनि उठाएर खानु छैन् ।यो धर्तीमा जन्मेपछि मैले धर्तीका लागी केही पुण्यकाम गरेर जानु पर्छ भन्ने मेरो संकल्प हो ।कसैको उक्साहटले म सामाजिक अभिान्ता बनेको होईन यो मेरो मनले मलाई निर्देश गरेको हो । भुकम्पको जगमा मेरो यो यात्रा तए भएको हो । म सहि निर्णय गर्न सक्छु त सहि काम पनि गर्न सक्छु । आखिर एक दिन मर्नु नै छ त किन लोभ र डाह गरेर जिउने । आत्म सन्तुस्टिका  लागी सामाजिक काम गर्नु पर्छ हात मुख जोर्नका लागी होईन ।  मैले यो संस्था स्थापना गर्नुमा मेरो केही स्वार्थ छैन् । मात्रै गरिव अभिभावकको छोराछोरीको उज्वल भबिस्य स्थापना गर्ने अनि तिनिहरुको मुहारमा खुसीका लहरहरु हेर्ने चाहाना मेरो हो । तिनिहरुकै आशिर्बादले गर्दा होला आज यो छोटो अबधिमा यो संस्था यति धेरै चर्चाको सिखरमा पुग्न सफल भएको छ र धेरै काम पनि गर्न सफल भएको छ ।

सबै प्रति म आभारी छु जसले मलाई मेरो हरेक काममा र संकल्पहरुलाई सफल बनाउन सहयोग गर्नु भो आगामि दिनमा पनि सहयोगको अपेक्षा राखेको छु । मलाई बिश्वास गर्नुस तपाईहरुको चाहना म पुरा गरेर देखाउने छु । मलाई केही गर्नु छ । तपाई लाई पनि धन्यबाद जसले मेरो मनका भावहरु धेरै पबित्र दानबिर मनहरुको मन मनमा पुर्याउने संक्लप सहित मलाई आफनो बिचार राख्ने समय दिनु भो ।

सोमवार, फाल्गुन २१, २०७४ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री