महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीले गरे, तोडफोड तथा आगजनी


प्रकाशित मिति : फाल्गुन ११, २०७४ शुक्रबार

 

फागुन ११, नेपालगन्ज । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले कुर्सीहरुमा आगजनी तथा तोडफोड गरेका छन् । केही वर्षयता विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले शुक्रबार बिहान कलेजमा तोडफोड गर्नुका साथै लेखा शाखाका कुर्सीहरु समेत जलाएका हुन् ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन ९क्रान्तिकारी० का बाँकेका जिल्ला संयोजक सुरेन्द्र जंग शाह ९जम्बो० ले आक्रोशित विद्यार्थीहरुले तोडफोडका साथै केही कुर्सीहरुमा आगजनी गरेको जानकारी दिए । विद्यार्थीहरुले तोडफोडबाट क्याम्पस प्रमुखको कार्यकक्ष, पुस्तकालय, लेखा शाखामा केही क्षती पुगेको छ ।

नियमित पठनपाठन हुनुपर्ने, विज्ञान विषयको प्रयोगशाला र ई–लाइब्रेरी व्यवस्थित गरिनुपर्ने, विद्यार्थीको पोशाक अनिवार्य गरिनुपर्ने लगायतका मागहरु विद्यार्थीहरुले राखेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्यार्थीहरुको प्रर्दशनका कारण क्याम्पस परिसर केहीबेर तनावग्रस्त समेत बनेको थियो । क्याम्पसमा क्रियाशील विभिन्न विद्यार्थी संगठनहरुले सयुक्त रुपमा ११ बुँदे माग राख्दै सहायक क्याम्पस प्रमुख श्रीवास्तव अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

आफ्ना मागहरु ३ दिनभित्र क्याम्पस प्रशासनले पूरा नगरे कडा संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुने विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् । विद्यार्थीहरुको आन्दोलनमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन ९क्रान्तिकारी०, अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन, नेपाल विद्यार्थी संघ, विप्लव निकट अखिल क्रान्तिकारी, अखिल छैटौं, नेकरावी संघले समेत एक्येबद्वता जनाएका छन् ।

आफ्ना मागहरु पूरा गर्न क्याम्पस प्रमुख र क्याम्पस प्रशासनले ध्यान नदिएको भन्दै उनीहरु विरुद्व विद्यार्थीहरुले नाराबाजी गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com