बस र ट्रक ठोकिँएर दुर्घटना हुँदा ३० जना घाइते, तीन जना गम्भीर


प्रकाशित मिति : फाल्गुन ११, २०७४ शुक्रबार

फागुन ११, नवलपरासी।  आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० जिल्ला सुनवलमाभएको बस दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख १६०५ नं को बसको पंग्रा ९टायर० पड्केर विपरीत दिशाबाट आउँदै गरेको युपी ८३ एटि ३९६६ नं को भारतीय ट्रकमा ठोकिँएपछि सो दुर्घटना भएको हो ।

घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवल र भूमहिको सामुदायिक अस्पतालमा उपचार भइरहेको सुनवल इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा अझै घाइते हुनसक्ने अनुमान प्रहरीको छ । विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com