लहानमा बम विस्फोट, एक जना घाइते


प्रकाशित मिति : फाल्गुन ११, २०७४ शुक्रबार

 

फागुन ११, लहान । सिरहाको लहानमा बम विस्फोट भएको छ । लहान नगरपालिका १ मुख्यचोकमा रहेको शुभलाभ किराना स्टोरको अगाडि कुकर बम विस्फोट भएको हो । बम बिस्फोटबाट स्टोरका सञ्चालक अनिल अग्रवाल घाइते भएका छन् ।

विस्फोटबाट किराना पसलको काउण्टरमा सामान्य क्षति भएको छ । विस्फोटमा घाइते भएका अग्रवालको लहानस्थित जय मातादी पोलिक्लिकमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दका अनुसार विस्फोट स्थलमा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी गोइत समुहको हस्ताक्षर रहेको पर्चा भेटिएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com