फोरम सरकारमा सहभागी हुँदा मन्त्रालय बाँडफाँटमा फेरबदल


प्रकाशित मिति : फाल्गुन ११, २०७४ शुक्रबार

फागुन ११, काठमाडौ । नेकपा माओवादीसँगको सहमतिमा एमालेले १० मन्त्रालय पाउने प्रारम्भिक समझदारी भएको छ । मन्त्रालय बाँडफाँट नटुंगिएका कारण दुवै पार्टीबाट कम्तीमा पाँचजना समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी लम्बिएको छ ।

सबै तयारी पूरा भएपछि आइतबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मन्त्रालय फेरबदल हुँदा मन्त्री बन्ने आकांक्षीहरु बढेका छन् । उपाध्यक्ष भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, सचिवहरू प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य भानुभक्त ढकाल, केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठसहित थुप्रै आकांक्षी देखिएका हुन् ।

फोरम सहभागी हुँदा मन्त्रालय बाँडफाँट फेरबदल

ओली र प्रचण्डबीच संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने निश्चित भएमा अहिले बाँडफाँट गरिएका मन्त्रालयमध्येबाट कम्तीमा एक–एकवटा मन्त्रालय छाड्ने समझदारी भएको छ ।

प्रधानमन्त्री ओलीका पूर्व राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘उहाँहरू सहभागी हुने परिस्थिति निर्माण भयो भने त्यतिबेलै फेरबदल हुन्छ ।’

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com