नेपालका विद्यालयलाई सहयोग गर्न विदेशमा रहेका नेपाली युवाको अभियान


प्रकाशित मिति : फाल्गुन १०, २०७४ बिहीबार

ओखलढुंगाका स्थानिय युबाहरुको एक समुहले सपोर्ट माइ स्कुल अभियान सुरु गरेका छन । वैदेशिक रोजगारिको शिलशिलामा अमेरिका , अस्ट्रेलिया , जापान, हङ्कङ,सिङापुर,मलेशिया यएइ , कतार साउदीमा कार्यरत स्थानीय युबाहरुले समूह निर्माण गरेर सपोर्ट माइ स्कुल अभियान चलाएका हुन । यसै सिलसिलामा दुबईमा कार्यरत तथा समाजसेबि बिनोद तामाङको अध्यक्षतामा सपोर्ट माइ स्कुल अभियानले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

पत्रकार सम्मेलनमा सपोर्ट माइ स्कुल अभियान समुहका अभियान्ताहरुले पहिलो चरणको सहयोग कार्यक्रमको समेत घोषण गरेका छन । कार्यक्रममा अभियान्ता तामाङले अभियान मार्फत सन्कलित रकम बाट आगामी शैक्षिक सत्रमा भौतिक एब शैक्षिक सामाग्रीहरु हस्तान्तरण गर्ने बताउनुभयो । उहाले ओखलढुंगा जिल्लाको सुन्कोशी गाउँपालिका स्थित वडा न २ मा संचालित आरु भञ्ज्याङ् निम्न माध्यमिक बिध्यालयलाइ ४० जोर फलामे बेञ्च ८ वटा ह्वाइट बोर्ड र ५ जना दलित बिध्यार्थिलाइ बिधालय पोशाक समेत उपलब्ध गराइने भएको छ ।

साथै गरिब तथा जेहेन्दार बिध्यार्थिलाइ २० हजार रुपैया बराबरको सामग्री उप्लब्ध गराइने अभियन्ता तामाङले बाताउनुभयो । कार्यक्रमको प्रमुख अतिथ्यता जनसम्पर्क समिती युएइका सस्थापक सभापति चित्र बहादुर केसिले गर्नुभएको थियो । प्रमुख अतिथि केसिले सपोर्ट माइ स्कुल अभियान कार्य अत्यन्तै सरहानिय भएको बताउनुभयो । उहाले यस्ता अभियानले स्थानिय स्तरमा संचालित बिध्यालयलाइ सहयोग गर्ने गर्दा बिध्यार्थिको सैक्षिक स्तर वृद्धिमा टेवा पुग्ने बताउनुभयो ।

सम्मेलनमा एनआरएन आईसीसी सदस्य मनोज गोर्खालीको समेत उपस्थिति रहेको थियो । यस्तै सपोर्ट माइ स्कुल अभियानका लागि एनआरएनका मध्यपुर्ब उपसम्योजक गोपाल कंडेल तथा जनसम्पर्क समितीका केन्द्रिय सदस्यद्वय तथा समाजसेबि नबराज बिडारी, अमर रानाभाटले उल्लेखिय भुमिका निर्बाह गरेको कार्यक्रममा अभियन्ताहरुले बताएका थिए । सम्मेलनमा सामग्री हस्तान्तरण बिध्यालयका स्थानिय अभिभाबक तथा समाजसेवीहरुको उपस्थितमा गरिने निर्णय भएको बताइएको थियो ।

दाताहरूबाट संकलित रकम पारदर्शी र सहि क्षेत्रमा बितरण गरिने पनि प्रतिबद्धता ब्यक्त गरिएको थियो । प्रबासमा रहेर पनि आफ्नो जन्मभुमिको लागि केही गरौ भन्ने भावान बाट ओतप्रोत भएर स्थानिय युबाहरु धनकुमार तामाङ , अशोक गोले तामाङ , शम्शेर तामाङ , यादबकुमार मगर , रमेश आले मगर, राजु तामाङ सपोर्ट माइ स्कुलमा मुख्य भुमिका निर्बाह गरेका छन , त्यस्तै नेपाल बाट ब्यबसायिहरु सोम तामाङ , बलराज तामाङ , युबा समाजसेबि कुमार लुइँटेल युबाहरु हेम सागर तामाङ , धनबहादुर तामङ अर्जुन तामङ लगाएतका युबाहरुले अभियानमा साथ दिएका छन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com