एक शिशुको शव पोखरीमा फेला


प्रकाशित मिति : फाल्गुन ९, २०७४ बुधबार

फागुन ९, धनुषा। एक नवजात शिशुको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको छ । कपडामा बेरेर फालेको शिशुको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला पेका हुन् ।

जनकपुर उपमहानगरपालिका –८ मा रहेको पागवती पोखरीमा नवजात शिशुको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । जन्मिनेबित्तिकै शिशुको हत्या गरेर शव पोखरीमा फालेको हुन सक्ने प्रहरीले बताए ।

दर्जनौँ बच्चालाई यसरी बेवारिसे र हत्या गरेर फालिए तापनि हालसम्म प्रहरीले बच्चा फाल्ने एक जनालाई पनि पक्राउ गर्न सकेको छैन ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com