फागुन २० गते सांसदहरुको शपथ ग्रहण हुने


प्रकाशित मिति : फाल्गुन ९, २०७४ बुधबार

फागुन ९, काठमाडौं । संघीय संसद्का सांसदहरुको सपथ ग्रहण फागुन २० गते हुने भएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सूचनामा फागुन २० गते शपथग्रहण कार्यक्रम तय गरिएको उल्लेख छ ।

प्रतिनिधिसभाका जेष्ठ सदस्यले सांसदहरुलाई शपथ ग्रहण गराउने व्यवस्था छ । सांसदहरुलाई संसद् सचिवालयले राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई प्र्रमाणपत्रसहित आउन आग्रह गरेको छ ।

कुनै पनि सांसदले मातृभाषामा शपथ लिन चाहेमा पनि व्यवस्था गरेको सचिवालयले जनाएको छ । तर तीनदिनअघि नै मातृभाषामा अनुवाद गरी प्रतिसहित संसद्का महासचिवलाई बुझाउनुपर्ने हुन्छ ।
सचिवालयले प्रतिनिधिसभाका सदस्यहरुलाई फागुन २० गते ४ बजे र राष्ट्रियसभाका लागि ५ बजे समय तोकेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com