बिरामी बचाउन प्रधानमन्त्री ओलीले पठाए हेलिकप्टर


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

प्रधानमन्त्री केपी ओलीको निर्देशनमा भीरबाट लडेर गम्भीर घाइते भएकी एक महिलालाई ल्याउन हेलिकोप्टर त्यसतर्फ गएको छ ।

बाजुरास्थित दुर्गम गाउँ गौमुलकी धर्म रोकायालाई प्रधानमन्त्रीको निर्देशनमा काठमाडौं ल्याउन लागिएको हो ।

गत फागुन ३ गते भीरबाट लडेर घाइते भएकी रोकायलाई नेपालगञ्जमा उपचार सम्भब नभएपछि समस्या परेको थियो ।

घाइतेको समस्यावारे बाजुर निवासी एमाले पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले प्रधानमन्त्रीलाई जानकारी गराएपछि ओलीले सक्रियता देखाएका हुन् ।

प्रधानमन्त्रीले बिरामी रोकायालाई तत्काल काठमाडौं ल्याउन निर्देशन दिँदै जहाजको प्रबन्ध गराएको र काठमाडौं ल्याउने तयारी भइरहेको नेता थापाले जानकारी दिए ।

घाइते रोकायाको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com