अर्घाखाँची बस दुर्घटनामा ज्यान गुमाउने १९ जनाकै सनाखत (नामावलि सहित)


प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार

मंसिर १२, बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ६ नरपानिमा हिजो १९ जनाको ज्यान जाने गरी भएको दुर्घटना परी मृत्यु हुने १९ जनाको नै पहिचान भएकोे प्रहरीले बताएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा मृत्यु हुनेहरुमा कपिलवस्तुको बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा, सन्धिखर्क नगरपालिका ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकी २२ वर्षीया माया पुरी र ५४ वर्षीय बलराम भट्टराई, बस धनी शितगंगा नगरपालिका–२ झिर्राका ३७ वर्षीय सन्त बहादुर बस्नेत र सोही ठाउँकी २७ वर्षीया सीता बस्नेत रहेका छन् ।

त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका ७ बनगाईका ३ महिनाका बालक शोभाखर पोखेरल, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ का सिता कुमारी नेपाली, भुमिकास्थान नगरपालिका ९ कि ५० वर्षीय सिता घिमिरे, सोही ठाउँकै ५० वर्षीय बिष्णु माया गैरे, भुमिकास्थान नगरपालिका ७ का ५१ वर्षीय मेघनाथ भण्डारी, शितगंगा नगरपालिका १ का १५ वर्षीय मन्जु बिक, अर्घाखाँचीको छत्रदेव गाउँपालिका ८ का ४२ वर्षीय कृष्ण बहादुर सुनार, शितगंगा नगरपालिका ७ कल्लेरीका ४८ वर्षीय लोक बहादुर दर्जी, सोहि ठाउँका ५५ वर्षीय हरि बहादुर दर्जी रहेका छन् ।

सन्धिखर्क नगरपालिका ७ की अन्दाजी ८ वर्षीया बालिका मनिका खड्का, भूमिकास्थान नगरपालिका ९ ठूलो डेवाका २७ वर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका १० का छबिलाल गैह्रे, गुल्मी धुर्कोट २ घर भई हाल रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्युहुनेको नामावलि

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com