उद्घाटन गर्ने क्रममा लडेर मेयरको हात भाँचियो


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

शिवराज खत्री। नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन गर्ने क्रममा लडेर साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवरको हात भाँचिएको छ।

साँफबेगर नगरपालिका-१० रिडीकोटस्थित खेलमैदानमा सोमबार खेलाडी छनौट प्रतियोगिताको उद्घाटन गर्ने क्रममा कुँवर लडेर बाँया हात भाँचिएको हो। कुँवरको बाँया हातको कुहिनोभन्दा माथिको भागको हड्डी भाँचिएर टुक्रटुक्रा भएको बयलपाटा अस्पतालले जानकारी दिएको छ। राति करिब ४ घण्टा लगाएर अप्रेशन भएको संलग्न डाक्टर विकास गौचनले जानकारी दिए।

गौचनका अनुसार भाँचिएको हड्डीमा पाता राखेर जोडिएको छ। हात पुरानै अवस्थामा फर्किन करिब ३ महिना लाग्न सक्ने गौचनको अनुमान छ। सोमबार दिउँसो करिब साढे १२ बजे तिर उक्त घट्ना भएको बुझिएको छ।

खेलाडी छनौट कार्यक्रमको उद्घाटनमा जनप्रतिनिधिहरु सबैले सामुहिक रुपमा दौडिने क्रममा कुँवर ट्रयाकमै लडेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए।

खेलाडी दौडिनका लागि निर्माण गरिएको ट्रयाकमा मेयरलगायत नगर कार्यपालिकाका सबै सदस्य तथा वडाअध्यक्ष दौडिएका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com