माओवादी केन्द्र, बादलको नेतृत्वमा सरकारमा केही दिनभित्रै जाने


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

फागुन ८, काठमाडौं । नेकपा माओवादी केन्द्र रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । सोमबार अध्यक्ष प्रचण्ड निवासमा बसेको माओवादीको बैठकले थापा उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारी सम्हालेर सरकारमा सहभागी हुनेछन् । नेकपा एमालेले अर्थ मन्त्रालय र माओवादीलार्इ गृहमन्त्रालय पाउने अध्यक्षद्वय प्रचण्ड र केपी ओलीले सहमति गरिसकेको एक नेताले जानकारी दिए ।

माओवादी केही दिनभित्रै सरकारमा सहभागी हुने माओवादीका एक नेताले जानकारी दिए । ओलीले आफू प्रधानमन्त्री भएकै दिन एमाले र माओवादीबाट केही मन्त्री नियुक्त गरेर सानो आकारको मन्त्रिमण्डल बनाउन चाहेका थिए । तर, माओवादीले पार्टी एकता र पावर सेयरिङमा सहमति नभएसम्म सरकारमा नजाने अडान लिएपछि ओलीले एमालेका लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण र थममाया थापालाई महिला बालबालिका तथा समाजकल्याणमन्त्री नियुक्त गरेका थिए ।

माओवादीबाट वर्षमान पुन, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, पम्फा भुसाल, अग्निप्रसाद सापकोटालगायत मन्त्री हुने दौडमा छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com