बानेश्वरमा सरकारी गाडीमा आगजनी
प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार
विप्लव माओवादीका कार्यकर्ताले काठमाडौंको मध्यबानेश्वर स्थित एक घरमा पार्किङ गरिराखेको सरकारी गाडी आगजनी गरेका छन् । विप्लव माओवादीले आज नेपाल बन्दको आह्वान गरेको छ ।
मंगलबार विहान जिल्ला अदालत ओखलढुंगाको स्वामित्वमा रहेको बा १ झ ८१३८ नम्बरको गाडीमा अज्ञात समुहले आगजनीको प्रयास गरेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवि पौडेलले जानकारी दिए ।
‘गाडीमा सामान्य क्षती पुगेको छ’ डिएसपी पौडेलले भने, ‘प्रहरी तत्काल घट्नास्थलमा पुगेर आगो निभाउन सफल भएको हुनाले ठुलो क्षती हुन पाएन् ।’