जीप दुर्घटना हुँदा, बाजुरामा २ जनाको मृत्यु


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

फागुन ८, बाजुरा । बाजुराको बडिमालिका नगरपालिका ८ मा हिजो बेलुकी पौने ८ बजे से १ ज ९४० नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

दुर्घटनामा हुम्लाको ओदानचुली गाउँपालिका ३ का ४० वर्षीय बल बहादुर बुढा र मुगुको खतिवडा गाउँपालिका ८ का ४५ वर्षीय कालीबहादुर राउतको मृत्यु भएको हो ।

बुढाको घटनास्थल मै र राउतको उपचारको क्रममा मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ६ जनाको जिल्ला अस्पताल बाजुरामै उपचार भइरहेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com