मानिस र वन्यजन्तु एकैस्थानमा बस्न मिल्ने भवन बनाउने योजनामा जापान


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

जापानका गगनचुम्बी भवनहरुमा ३३३ मिटर अग्लो टोकियो टावर र विश्वकै अग्लो ६३४ मिटरको टोकियो स्काइट्री रहेका छन् । तर अव जापानको शहरी क्षेत्रमा एउटा नयाँ आकतिको निर्माण हुने भएको छ ।

उक्त आकृति यसको उचाइले मात्र नभएर यसमा प्रयोग गरिने सामाग्रीका कारणले समाचारको मुख्य अंश बनिरहेको छ । जापानको सुमितोमो फरेस्ट्री कम्पनीले स्थापनाको ३५० औँ वार्षिकी अवसरमा २०४१ मा सम्पन्न गर्ने योजनासहित ३५० मिटर अग्लो ‘डब्लु ३५० परियोजना’ नामक नयाँ भवन निर्माणको योजना सार्वजनिक गरेको छ । उक्त कम्पनी १६९१ मा स्थापना भएको बताइएको छ । निर्माणको संसारमा वातावरणमैत्री प्रविधिको लक्ष्यका साथ सुमितोमोको सुकुबा रिसर्च प्रयोगशालाले प्रस्ताव गरेको उक्त नयाँ भवनमा दक्षताको स्तर र इन्जिनियरिङ अहिलेको भवनको तुलनामा निकै भव्य हुने कम्पनीले बताएको छ ।

काठ र स्टिललाइ ९ः१ को अनुपातमा मिसाएर निर्माण गरिने उक्त भवन निक्केन सिक्केइसंगको सहकार्यमा निर्माण गरिने बताइएको छ । उक्त भवन उच्च गतिको तुफान र भुकम्प प्रतिरोधि हुनेगरी निर्माण गरिने जनाइएको छ । उक्त भवन ७० तलाको हुनेछ जसमा पसल , कार्यालय , होटेल , आवास क्षेत्र , हरियालीपूर्ण बाल्कोनी र भवनकोआसपास वन्यजन्तु पनि रहने गरी निर्माण गरिने छ । ६० खर्ब येनको लागतमा निर्माण सम्पन्न भएपछि उक्त भवन जापानको सवैभन्दा अग्लो काठको आकृति तथा जापानकै अग्लो कृत्रिम आकृति पनि हुनेछ र यो अहिलेको अग्लो भवन ओशाकाको एबेनो हारुकासभन्दा ५० मिटर अग्लो हुनेछ ।

उक्त कम्प्लेक्स टोकियो स्टेशन नजिकै निर्माण गरिने बताइएको छ । उक्त परियोजनाले सिमेन्टलाइ विस्थापित गर्ने र कार्बन डाइअक्साइडको मात्रा घटाउँदै शहरमा वातावरणमैत्री भवनहरु निर्माण गर्ने लक्ष्य लिएको छ । उक्त काठको आकृति मानव र वन्यजन्तु एकैसाथ रहन सक्ने गरी निर्माण गर्ने कम्पनीको योजना रहेको छ र यसले जैविक विविधतालाइ संरक्षण गर्ने बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com