नेपाल एसबिआई बैंकको एटिएम फुटाएर चोरी गर्न खोज्ने दुई जना पक्राउ
प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार
फागुन ७, काठमाडौं । कमलादीस्थित गणेश मन्दिर अगाडि रहेको नेपाल एसबिआई बैंकको एटिएमबाट चोरी गर्न खोज्ने दुई युवक पक्राउ परेका छन्। सप्तरी हर्दिया–२ बस्ने २२ वर्षीय रिकेश चौधरी र सोही ठाउँका २० वर्षीय राजकुमार चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
एटिएम बुथ नै फुटाएर उनीहरुले पैसा निकाल्ने प्रयास गरेका थिए। रडसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।





