कपिलवस्तु, मायादेवी गाउँपालिका वडाध्यक्षका हराएका छोरा मृत फेला


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

चार दिनअघि हराएका यहाँको मायादेवी गाउँपालिका–४, पिपराका वडाध्यक्ष फत्तेह मोहम्मद मुसलमानका ६ वर्षीय छोरा मृत अवस्थामा भेटिएका छन्।

गुलडिहवाको निसवा स्कूल पढ्न जाँदै गर्दा चार दिनअघि बेपत्ता मोहम्मदका छोरा ऐमानको शव आइतबार आफ्नै घर नजिकैको पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

मृतकका बाबु अर्थात् वडाध्यक्ष फत्तेहले भने चार दिनअघि आफ्नो छोरा हराएको नभई अपहरणमा परेको बताएका छन्। अपहरणकारीले नै आफ्नो छोराको हत्या गरेको उनले दाबी गरेका छन्। मृतक बालकको शरीरमा कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ।

शव आइतबार नै परीक्षण गरिएको छ। अहिलेसम्म रिपोर्ट नआएको हुँदा केही भन्न नसकिने र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com