भ्यानको ठक्करबाट खैरहनी नगरपालिकाका वडाध्यक्षको मृत्यु


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

चितवनको रत्ननगर नगरपालिका ३ शान्तिचोकमा पिकअप भ्यानको ठक्करबाट चितवन खैरहनी नगरपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष ४५ वर्षीय विश्व विजय महतको मृत्यु भएको छ।  घटनामा परी २ जना गम्भीर घाइते भएका छन्।

आइतबार बेलुका साढे ८ बजे ना ३ च ९८ ४० नम्बरको पिकअप भ्यानले बा २ झ १३ ४४ नम्बरको सरकारी गाडीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते महतको उपचारको क्रममा चितवन मेडिकल कलेजमा साँझ ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा घाइते भएका खैरहनी नगरपालिका ४ का वडाध्यक्ष ५० वर्षीय नरेन्द्र अधिकारी र चालक खैरहनी १२ का २८ वर्षीय राजकुमार अधिकारीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com