भ्यानको ठक्करबाट खैरहनी नगरपालिकाका वडाध्यक्षको मृत्यु
प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार
चितवनको रत्ननगर नगरपालिका ३ शान्तिचोकमा पिकअप भ्यानको ठक्करबाट चितवन खैरहनी नगरपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष ४५ वर्षीय विश्व विजय महतको मृत्यु भएको छ। घटनामा परी २ जना गम्भीर घाइते भएका छन्।
आइतबार बेलुका साढे ८ बजे ना ३ च ९८ ४० नम्बरको पिकअप भ्यानले बा २ झ १३ ४४ नम्बरको सरकारी गाडीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते महतको उपचारको क्रममा चितवन मेडिकल कलेजमा साँझ ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
दुर्घटनामा घाइते भएका खैरहनी नगरपालिका ४ का वडाध्यक्ष ५० वर्षीय नरेन्द्र अधिकारी र चालक खैरहनी १२ का २८ वर्षीय राजकुमार अधिकारीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






