दुई करोड सिमकार्डबाट इन्टरनेट प्रयोग हुँदैन


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

दूरसञ्चार सेवा प्रदायकले अहिलेसम्म बिक्री गरेका सिमकार्डमध्ये करिब दुई करोड सिमकार्डबाट इन्टरनेट प्रयोग भएको देखिँदैन।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म सेवा प्रदायकले तीन करोड ५९ लाख १२ हजार सिमकार्ड बिक्री गरेका छन्। यो संख्या सीडीएमए मोबाइल प्रयोग हुने सिमकार्ड समेत हो। तर बिक्री भएका सिमकार्डमध्ये मोबाइलबाट इन्टरनेट प्रयोग गर्नको संख्या भने केबल एक करोड ५९ लाख ९५ हजार मात्रै रहेको प्राधिकरणले जनाएको छ।

यस हिसाबले बिक्री भएका सिमकार्ड र इन्टरनेटको प्रयोग भएको सिककार्डको अन्तर एक करोड ९९ लाख १६ हजार रहेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com