पूर्वराजा ज्ञानेन्द्र शाहको विज्ञप्ति आयो कडा, निर्वाचन गर्नु मात्र प्रजातन्त्र होइन


प्रकाशित मिति : फाल्गुन ६, २०७४ आईतबार

 

फागुन ६, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन् । प्रजातन्त्र दिवसका अवसरमा आइवार एक शुभकामना वक्तव्य निकाल्दै ज्ञानेन्द्रले अहिलेको राजीतिक व्यवस्थाबाट जनता हैरान भएको टिप्पणी गरेका छन् । ुप्रजातन्त्र भनेको निर्वाचाहरुको आयोजना मात्र होभन्ने भ्रम राखिनु हुँदैनु, उनले आइतवार एक विज्ञप्ती निकाल्दै भनेका छन्, ु२०६३ बैशाख ११ पछिको राजनीतिक परिवर्तनको अब समीक्षा गर्ने बेला आइसकेको छ ।ु

पूर्वराजा शाहले प्रजातन्त्र संस्थागत गर्ने तथा समस्या समाधान निकाल्ने क्रममा गरिएका सहमति कार्यान्वयन नभएकोमा पनि गुनासो गरेका छन् । प्रजातन्त्र संस्थागत गर्ने क्रममा भएका सहमति, समझदारीमा देशको गौरव बढाउने विषयले प्रथमिकता पाएनन्, उनले विज्ञप्तिमा भनिएको छ ।

उनले देशको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकतालाई सबल तुल्याउँदै जाताको सर्वोपरी हितलाई केन्द्रमा राखेर व्यवहार गर्ने व्यवस्था मात्र प्रजातान्त्रिक हुनसक्ने पनि जिकिर गरेका छन् ।

११ वैशाख २०६३ को राजनीतिक परिर्वतनपछिको दशकमा देश र जनहितप्रति संवेदशील एवम् जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्दिकृत सोचको पासमा देशको राजनीति अल्झिएको छ ? उनले प्रश्न गरेका छन्, अब भने समीक्षा गर्नुपर्ने बेला आइसकेको छ ।

‘सीमित व्यक्तिहरुको स्वार्थ रक्षालाई नै प्रजातन्त्र ठान्ने जनताले आत्मसाथ गरिदिनुपर्ने हो कि होइन ? उनको अर्को प्रश्न छ, कानुनी राज एवम् सुशासनको प्रत्याभूति दिलाउन नखोज्ने अवस्थालाई नेपाली जनताले कहिलेसम्म व्यहोर्नुपर्ने हो ?

पूर्वराजा शाहले सबै नेपाली जनताको भावना समेट्दै देशको राष्ट्रियता तथा राष्ट्रिय एकता समृद्ध बनाउने साधनका रुपमा प्रजातन्त्र प्रयुक्त हुने अवस्था बन्नुपर्नेमा पनि जोड दिएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com