दरबारमार्ग प्रहरी वृत्तमा प्रचण्डका पिएसओ


प्रकाशित मिति : फाल्गुन ६, २०७४ आईतबार

प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त दरबारमार्गको इन्चार्जमा डिएसपी दान बहादुर मल्ललाई सरुवा गरेको छ। उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पिएसओका रुपमा काम गर्दै आएका थिए।

दरबारमार्ग वृत्तका डिएसपी तिलक भारतीलाई हटाएपछि वृत्तको इन्चार्ज रिक्त हुँदै आएको थियो। सामूहिक बलात्कार घटनामा मिलापत्र गराउँदा डिएसपी भारतीको समेत शकास्पद भूमिका रहेको छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई हटाइएको हो।

माघ ७ गते कमलादीको ल्याण्डमार्क होटल एण्ड अर्पाटमेन्टमा एक युवतीमाथि सामूहिक बलात्कार भएको थियो। जून घटनामा युवतीले प्रहरीमा उजुरी गरेकोमा प्रहरीकै सहयोगमा पछि मिलापत्र गराइएको थियो। घटना बाहिर आएपछि प्रहरीले वृत्तका इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा परीसकेका छन्।

हटाइएका डिएसपी भारती पनि माओवादी नेताहरुकै सिफारीसमा दरबारमार्गमा सरुवा भएका थिए।
दरबारमार्ग वृत्त डिएसपीहरुको पहिलो रोजाईमा पर्ने गर्दछ। जहाँ क्षमताको आधारमा भन्दा पनि ठुला नेताहरुको सिफारीसमा पर्ने डिएसपीहरुको मात्र सरुवा भएको छ। यसपटक पनि त्यस्तै भएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेताहरुको सिफारीसमा सरुवा हुनेहरुले शान्ति सुरक्षामा भन्दा कमाउनमा केन्द्रीत हुने भएकाले समस्या आउने गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com