मलेसियामा रहेका नेपालीले मृगौलापीडित जलजलालाई आर्थिक सहयोग
प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार
फागुन ४, काठमाडौं । मलेसियामा रहेका नेपालीहरुले मृगौलापीडित जलजला परियारलाई आर्थिक सहयोग गरेका छन् । शुक्रबार नारायण परियारको नेतृत्वमा मलेसियाको सामसुङ कम्पनीमा कार्यरत नेपाली कामदारले परियारको उपचारको लागि १ लाख ४ हजार १३२ रुपैयाँ सहयोग गरेका हुन् ।
जलजला काठमाडौंस्थित शिक्षण अस्पताल टिचिङमा १ महिनादेखि उपचार गराइरहकी छिन् । उनी नेपाली तारा सिजन ३ की ‘टप सिक्स’ प्रतिस्पर्धी हुन् ।
शिक्षण अस्पतालले मृर्गौला प्रत्यारोपण गर्न तीन महिनापछिको डेट दिएपछि अहिले उनको परिवार जलजलालाई भारतको मेदान्त अस्पताल लैजाने तयारी गरिरहेको छ ।
“यो अस्पतालले तीन महिना पछि मात्रै पालो आउने बताएपछि हामी छोरीलाई अबको एक हप्ताभित्र भारतको मेदान्त अस्पताल लैजान चाहान्छौं,” जलजलाका बुवा नारायण परियालरले भने, “भारत लैजानु पर्ने भएकाले हामीलाई थप सहयोगको आवश्यकता छ । म छोरीलाई बचाउन चहान्छु, त्यसैले सहयोगको अपेक्षा गरेको छु । अहिले जलजलाला हप्ताको दुई पटक डायलसिस गराइरहेकी छन् ।
जलजलाले नेपाली आधुनिक गीत ‘केही कदम, ‘मत रोएँ रोएँ, ‘ढुङ्गाको मन हुनेलाई, लगायतका गीत गाएकी छन् ।





