सरकारले चाँडै पूर्णता पाउँछ : प्रधानमन्त्री ओली


प्रकाशित मिति : फाल्गुन ४, २०७४ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले चाँडै पूर्णता पाउने बताएका छन्।

शेर्पा समुदायको चाड ग्याल्बो ल्होसारको उपलक्ष्यमा शुभकामना दिँदै ओलीले सरकारले चाँडै पूर्णता पाउने विश्वास व्यक्त गरेका हुन्।

प्रधानमन्त्रीले ३ तहको निर्वाचन भएसँगै देशमा संक्रमणकाल सकिएकाले अब सरकारको प्राथमिकता सुखी नेपाली र सम्वृद्ध नेपाल हुने बताएका छन्।

एमाले अध्यक्ष ओली बिहीबार प्रधानमन्त्री बनेका हुन्। उनले हिजै दुई जना मन्त्री पनि नियुक्त गरेका छन्।

प्रधानमन्त्रीमा ओलीलाई समर्थन गरेको नेकपा माओवादी केन्द्रले पार्टी एकताको प्रक्रिया नटुंगिएको भन्दै हिजो आफ्ना मन्त्री पठाएको छैन।

संविधान अनुसार केन्द्रीय सरकारमा २५ जना मन्त्री रहने व्यवस्था छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com