ल्होछार चाडका अवशरमा दुईदिने महोत्सव संचालन


प्रकाशित मिति : फाल्गुन ४, २०७४ शुक्रबार

बौद्धमहायानी धर्मालम्बिहरुले ल्होछार चाड अर्थात नयाँ वर्ष धुमधामका साथ मनाउँदैछन् । राष्ट्रिय सोनाम ल्होछार २८५४ को अवसरमा काठमाडौको कोटेश्वरमा दुईदिने सांस्कृतिक महोत्सव समेत हुने भएको छ । महोत्सव आज शुक्रवार २ बजे प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कला सस्कृत जोगाउन २ दिने महोत्सव गरिएको ल्होछार मुल समारोह समितीका संयोजक तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिनुभयो । औपचारिक कार्यक्रम शुरु हुनु अघि काठमाडौंको सिनामंगल, नयाँ बानेश्वर र ललितपुरको बालकुमारीबाट सास्कृतिक झाँकीसहितको र्याली निकालिने छ । तामाङ, ल्होल्मो लगायतका समुदायले सोनाम ल्होछार र शेर्पा लगायत केहि हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व मनाउँदैछन् । सोनाम कृषि ल्होथो अर्थात पात्रो अनुसार मलमास परेकोले यो वर्ष सोनाम र ग्याल्बो ल्होसार एकै दिन परेको छ ।

सरकारले माघ ४ गते नै सोनाम ल्होछारको विदा दिएपनि तामाङ समुदायले आफुहरुको तिथी र पात्रो अनुसार नमिलेको भन्दै मनाएका थिएनन् । त्यसैले सोनाम र ग्याल्बो दुवैले आज एकैदिन ल्होछार सवैले मनाउदै छन् । आजका दिन नुहाइधुवाइ गरी घरघरमा तथा गुम्बाहरुका गएर पुजापाठ गर्ने, प्रसाद खाने, नयाँ वस्त्र लगाएर शुभकामना आदनप्रदान गर्दै मान्यजन संग टिका लगाई मिठा परिकार खाइ हर्सोउल्लासका साथ मनाउने गरिन्छ ।

आजको दिन तरुल, फापरबाट बनेको आलुम र गेङ (रोटि), भटमास र गुन्द्रुक साँधेको, खाप्सी आदि मौलिक खाना खाने प्रचलन रहेको छ । हरेक वर्ष १ वटा जनावर तथा पशुपंक्षीको नाममा ल्हो अर्थात वर्ष फेरिने मान्यता अनुसार यो वर्ष चरा वर्षको बिदाई गरी कुकुर वर्षको स्वागत गरिएको सोनाम ल्होछारका ज्ञाता खेन्पो सोनाम ग्युर्मेले जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com