प्रदेश नम्बर १ मुख्यमन्त्रीमा शेरधन राई, कस्तो रह्यो उनको राजनितिक यात्रा


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

बिहिबार प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन्। विराटनगरको वीरेन्द्र सभा गृहमा आयोजित सपथ ग्रहणको कार्यक्रममा मुख्यमन्त्री राई लाई प्रदेश प्रमुख गोविन्द तुम्बाहाङले पद तथा गोपनीयताको सपथ खुवाएका छन्। यससंगै प्रदेश १ मा सानो आकारको मन्त्रिपरिषद् गठन भएको छ।

मुख्यमन्त्री राई र उनको राजनितिक यात्रा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व सन्चारमन्त्री शेरधन राईले आफ्नो राजनितिक यात्रा ०४४ सालबाट सुरु गरेका थिए । भोजपुरको थिदिङवा गाँउको पसलभञ्जाङ टोलमा २०२७ सालमा जन्मिएका राई २०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जित्ने कान्छो सांसद पनि हुन् ।

शेरधन राई यसअघि २ पटक भोजपुर २ बाट सांसदमा निर्वाचित भइसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजनितिक यात्राको सुरुवाती दिनमा राई अखिल प्राक बाट अखिल जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र पूर्वाचञ्ल संयोजक बने । उनी ०५४ सालमा एमाले विभाजन बनेको बेलामा एमालेमा उपसचिव थिए । २०५४ सालमा उनकै नेतृत्वमा एमालेले चुनाव लड्यो र २०५६ सालमा संसदीय निर्वाचनमा सबैभन्दा कान्छो संसद बने ।

०६४ चैत्र २८ गते भएको संविधानसभाको पहिलो चुनावमा उनी एमाओवादीका सुदन किँरातीसँग पराजित भएका थिए । तर दोस्रो संविधानसभाको चुनावा उनी पुन विजयी बने र संसदको सुशासन तथा अनुगमन समितिको सभापतिको रुपमा काम गरे । त्यस लगत्तै उनले सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

मुख्यमन्त्री राई हाल पार्टीको पोलिटब्यूरो सदस्य र प्रदेश नम्बर १ को सह संयोजकको जिम्मेवारीमा छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com