प्रदेश नम्बर १ मुख्यमन्त्रीमा शेरधन राई, कस्तो रह्यो उनको राजनितिक यात्रा


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

बिहिबार प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन्। विराटनगरको वीरेन्द्र सभा गृहमा आयोजित सपथ ग्रहणको कार्यक्रममा मुख्यमन्त्री राई लाई प्रदेश प्रमुख गोविन्द तुम्बाहाङले पद तथा गोपनीयताको सपथ खुवाएका छन्। यससंगै प्रदेश १ मा सानो आकारको मन्त्रिपरिषद् गठन भएको छ।

मुख्यमन्त्री राई र उनको राजनितिक यात्रा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व सन्चारमन्त्री शेरधन राईले आफ्नो राजनितिक यात्रा ०४४ सालबाट सुरु गरेका थिए । भोजपुरको थिदिङवा गाँउको पसलभञ्जाङ टोलमा २०२७ सालमा जन्मिएका राई २०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जित्ने कान्छो सांसद पनि हुन् ।

शेरधन राई यसअघि २ पटक भोजपुर २ बाट सांसदमा निर्वाचित भइसकेका छन् ।

राजनितिक यात्राको सुरुवाती दिनमा राई अखिल प्राक बाट अखिल जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र पूर्वाचञ्ल संयोजक बने । उनी ०५४ सालमा एमाले विभाजन बनेको बेलामा एमालेमा उपसचिव थिए । २०५४ सालमा उनकै नेतृत्वमा एमालेले चुनाव लड्यो र २०५६ सालमा संसदीय निर्वाचनमा सबैभन्दा कान्छो संसद बने ।

०६४ चैत्र २८ गते भएको संविधानसभाको पहिलो चुनावमा उनी एमाओवादीका सुदन किँरातीसँग पराजित भएका थिए । तर दोस्रो संविधानसभाको चुनावा उनी पुन विजयी बने र संसदको सुशासन तथा अनुगमन समितिको सभापतिको रुपमा काम गरे । त्यस लगत्तै उनले सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

मुख्यमन्त्री राई हाल पार्टीको पोलिटब्यूरो सदस्य र प्रदेश नम्बर १ को सह संयोजकको जिम्मेवारीमा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com