ओली नेतृत्व सरकारमा लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त, माओवादीले मन्त्री पठाएन


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गनुभएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सांसद लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त गर्नुभएको हो ।

पण्डित वातावरण मन्त्रीमा र थापा महिला तथा बालबालिका मन्त्रीमा नियुक्त हुनुभएको छ । मन्त्रीद्धयले आजै बिहीबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ।

माओवादीले मन्त्री पठाएन

माओवादी केन्द्रले भने मन्त्री पठाएन । एक नेताका अनुसार पार्टीभित्र छलफल भएको र मन्त्रालय भागवण्डा नटुंगिएकाले मन्त्री नपठाइएको हो । मन्त्रालय भागवण्डाबारे दुई दलबीच आजै साँझ छलफल गर्ने तय भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com