सरकारमा एमालेबाट ईश्वर पोखरेल र प्रदीप ज्ञवाली जाँदै


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

फागुन ३, काठमाडौं । वाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएसँगै बिहीबार नै एमालेका नेताद्वय महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवाली सरकारमा जाने भएका छन्। बिहीबार अपराह्न ४ बजे नवनियुक्त प्रधानमन्त्री ओलीसँगै पोखरेल र ज्ञवालीले पनि शपथ लिनसक्ने एमालेका एक नेताले जानकारी दिए। उनले पोखरेलले उपप्रधानमन्त्री र ज्ञवालीले मन्त्रीको रूपमा शपथ लिनसक्ने बताए। गठबन्धनको अर्को दल माओवादी केन्द्रले सैद्धान्तिक मेल नभइसकेका कारण तत्काल सरकारमा सहभागी नहुने बताइरहेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com