ललिपुरमा एक इटालियन नागरिकको मृत्यु


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

ललितपुरको गोदावारीस्थित एक घरमा इटालियन नागरिकको मृत्यु भएको छ।

७२ वर्षिय इटालिइन नागरिक फ्रेस्सको पिएट्रो भ्यान्सलीको बुधबार मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

उनी केही समयदेखि कुपण्डोलस्थित होटेल ग्रिनवीचमा बस्दै आएका थिए। बाथरूमा लडिरहेको अवस्थामा भेटिएका उनलाई उपचारको क्रममा अस्पताल लैजादै गर्दा मृत्यु भएको हो।

होटेल मालिक प्रविण आचार्यका साथीसमेत रहेका मृतकको पिएट्रोको शवलाई पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।

यसैबीच, प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरू गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com