सम्पूर्ण इमानका साथ काम गर्नेछु – प्रधानमन्त्री ओली


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण इमानदारीका साथ साथ काम गर्ने बताउनुभएको छ ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सामर्थ्य र अवधीको सीमा भए पनि इमानको सीमा नहुने बताउदै उहाँले भन्नुभयो, ‘देशको हितलाई सर्वोपरी राखेर काम गर्छौ ।’

देशको आवश्यकता र जनचाहना पूरा गर्न सशक्त संगठन चाहिने र त्यो एमालेसैग रहेको उहाँको दावी थियो ।

स्थानीय तहमा १४ हजार बढी जनप्रतिनिधि र सात प्रदेश मध्ये ६ मा सरकार रहेको भन्दै उहाले देशलाई विकास र सम्बृद्धि चाहिएको छ । जनतालाई सुख चाहिएको छ त्यो पुरा गर्नुपर्छ ।’ ढिलासुस्ती र निष्क्रियता स्वीकार्य नहुने उहाँले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com