वाम गठबन्धनद्धारा ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष दाबी पेश


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

वाम गठबन्धनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकार गठनका लागि दावी पेस गरेका   छन् । उनीहरूले राष्ट्रपतिसँग बिहान ९ बजे भेटवार्ता गरेर प्रधानमन्त्रीको दावी पेस गरेका हुन् ।

वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । राष्ट्रपतिलाई भेट्न एमाले अध्यक्ष ओलीसहित माओवादी र एमाले नेताहरु शितल निवास पुगेका थिए ।

ओली यसअघि ०७२ असोज २४ गते पनि प्रधानमन्त्री बनेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com