पार्टी एकता घोषणा आजै हुने सम्भावना


प्रकाशित मिति : फाल्गुन २, २०७४ बुधबार

बुधबार पार्टी एकतालाई अन्तिम रुप दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

ललितपुरको मानभवनमा केही समयअघि सकिएको बैठकले सकभर बुधबार नै पार्टी एकताको घोषणा गर्ने तयारी गरेको एमालेका एक नेताले जानकारी दिए । दुर्ई नेताबीच सहमति बनिसकेको र त्यो सहमतिलाई दुई पार्टीबाट अनुमोदन गराउने काम मात्रै बाँकी रहेको पनि ती नेताले जानकारी दिएका छन् ।

यसैबीच एमालेको स्थायी कमिटीको आकस्मिक बैठक केही समयमा बस्दैछ । प्रचण्ड र ओलीबीच छलफल भैरहेकै ठाउँमा एमालेको स्थायी कमिटिको आकस्मिक बैठक बस्न लागेको हो । बैठकले दुई अध्यक्षबीच भएको सहमतिका बारेमा छलफल गरेर त्यसलाई अनुमोदन गर्ने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । एमालेको स्थायी कमिटिको बैठकपछि बुधबार नै एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बस्दैछ ।

यसअघि भएका एक्ला एक्लै छलफलमा दुवैले सहअध्यक्ष लिनेगरी पार्टी एकता गर्ने सहमति भएको थियो । यो सहमतिलाई अन्तिम रुप दिन बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com