२ करोडको केराको चिप्स उत्पादन उद्योग


प्रकाशित मिति : फाल्गुन २, २०७४ बुधबार

फागुन २, तुलसीपुर । दाङमा २ करोड बढीको लगानीमा केराको चिप्स उत्पादन उद्योग स्थापना गरिएको छ । दाङको तुलसीपुर उपमहानगर पालिका ८ अस्वारामा शिवमाया बहुउदेश्यीय कृषि फर्म स्थापना गरी केराको चिप्स उत्पादन थालिएको हो।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न केराबाट उत्पादित चिप्स, अचार र विभिन्न परिकारका निमकिन उत्पादन गर्न सुरु गरेको उद्योग सञ्चालकले बताएका छन्।

उद्योगले बुधबारदेखि औपचारिकरुपमा आफ्ना उत्पादन बजारमा ल्याएको जनाएको छ। तुलसीपुरको उत्पादनलाई देशभरका बजारमा लैजानका लागि आफूहरुले तयारी गरेको संचालक भागवत कमलापुरीले जानकारी दिए।

उनले स्थानीय कृषकको उत्पादनलाई आफ्नो उद्योगमा खपत गरेर उपभोक्ताको घरसम्म लैजान भूमिका खेल्ने समेत बताए। उद्योगको साना तथा मझौला कृषि आयस्तर वृद्धि आयोजना ९रिजम०का निर्देशक गोकर्ण राज अर्यालले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्। उद्योग सञ्चालनको लागि अपुग रकम अनुदानमा लिइएका सञ्चालकले वताएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com