जोमसोम–मुक्तिनाथ सडक खण्ड हिमपातका कारण अवरुद्ध


प्रकाशित मिति : फाल्गुन १, २०७४ मंगलबार

फागुन १, पर्वत । सोमबार रातिको वर्षासँगै भएको हिमपातका कारण जोमसोम–मुक्तिनाथ सडक खण्ड अवरुद्ध भएको छ। हिमपातकै कारण जोमसोमबाट उपल्लो मुस्ताङ जाने छुसाङ–लोमान्थाङ चल्ने सवारी साधनहरू रोकिएको सीमा प्रहरी चौकी लोमान्थाङका प्रहरी निरीक्षक खिमानन्द खनालले जानकारी दिए । बाक्लो हिमपातले सडक नै पुरिएपछि छुसाङदेखि लोमान्थाङ जाने सडक प्रभावित बनेको छ। यसका कारण बेनी–मुस्ताङ आउजाउ गर्ने स्थानीयवासी तथा कर्मचारीहरू बाटोमै रोकिएका छन्। जोमसोमदेखि मुक्तिनाथतर्फ जाने कालोभीर, खिङ्गा, झारकोट र कागबेनी आदि स्थानमा सडकमै भारी हिमपात भएपछि ती सडकहरू पनि बन्द भएका छन्। अवरुद्ध सडकका कारण मुक्तिनाथ जानका लागि छुटेका सवारी साधनहरू कागबेनीमै अलपत्र परेका छन् भने मुक्तिनाथ मन्दिरमा पूजाआजाका लागि पुगेका तीर्थयात्रीहरू ५ घण्टाको ठाडो उकालो उक्लन बाध्य छन्। तल्लो मुस्ताङको जोमसोम, मार्फा, टुकुचे, कोवाङ र लेतेमा समेत भारी हिमपात भएकोे छ। हिउँ परेसँगै यातायात र मौसम प्रभावित भए पनि यहाँका कृषकहरूमा भने उत्साह थपिएको छ। लामो समय हिउँ नपरेका कारण सुख्खा बनेको जमिन हिमपातपछि चिसिएर खेतीयोग्य बनेको स्थानीय होमस्टे संचालक तथा कृषक जुमा थकालीले जानकारी दिइन्। हिउँ परेपछि मुस्ताङमा उत्पादन हुने स्याउ, आलु, फापर, जौ, उवालगायत अन्य अन्नबाली फस्टाउनेछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com