हात्तीको आक्रमणमा दुई महिलाको मृत्यु


प्रकाशित मिति : फाल्गुन १, २०७४ मंगलबार

शिवहरि प्रसाद भट्टराई, राजविराज ।
कोशी टप्पु वन्यजन्तु आरक्षभित्र जाँदै गर्दा आत्तीको आक्रमणमा परी सप्तरीमा मंगलवार दुई जना महिलाको मृत्यु भएको छ

कञ्चनरुप नगरपालिका ५ पथरीका नारायण साहकी श्रीमती ३५ वर्षिय मञ्जुदेवी साह र टिर्हा मुखियाकी श्रीमती ४५ वर्षिया दुर्गीदेवी मुखियाको हात्तीको आक्रमणमा परि मृत्यु भएको हो । दाउरा खोज्दै आरक्षको वाँधमा पुग्नासाथ हात्तिले लखेटेको वुधनीदेवी सरदारले वताईने । वहाले भागेर ज्यान वचाउनु भएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरिरहेको छ । शवलाई पोष्टमार्टमका लागि राजविराज स्थित सरगरमाथा अञ्चल अस्पतालमा पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com