पेरिसडाँडामा महान् जनयुद्धको २३ औं वार्षिकउत्सव मनाउँदै


प्रकाशित मिति : फाल्गुन १, २०७४ मंगलबार

फागुन १, काठमाडौँ । २२ वर्षअघि आजकै दिन अर्थात् २०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरि सशस्त्र युद्धको थालनी गरेको थियो । माओवादीले जनवादी राज्य सत्ता स्थापना गर्ने घोषणासहित थालेको जनयुद्धका क्रममा करिव १७ हजार नेपालीको ज्यान गएको थियो ।

माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउदै आएको छ । २०५२ साल फागुन १ गते आजकै दिन माओवादीले हतियार उठाएर जनताको मुक्तिका लागि भन्दै सशष्त्र युद्ध शुरु गरेको थियो । देशभरका सबै तहका कमिटीहरु र विभिन्न दश शहरमा केन्द्रित भएर दिवस मनाउने निर्णय गरेको वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशीखाले जानकारी दिए ।

‘महान जनयुद्धको २३ औं वार्षिकोत्सव भव्य रुपमा मनाऔं, युवा नेतृत्वको विकाससहित वाम गठबन्धनलाई पार्टी एकतामा बदलौं’ भन्ने नाराका साथ दिवस मनाउने निर्णय गरिएको अध्यक्ष दीपशीखाले बताए । यसैबीच नेकपा माओवादी केन्द्रको पार्टी अफिस पेरिसडाँडामा अहिले कार्यक्रम शुरू भैरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com