प्रदेश नं. ४ कै उत्कृष्ट विद्यालय बन्यो, नमूना आवासीय मावि


प्रकाशित मिति : फाल्गुन १, २०७४ मंगलबार

फागुन १, पर्वत, जिल्लाको कुश्मा नगरपालिकामा रहेको नमूना आवासीय माध्यामिक विद्यालय प्रदेश नम्बर ४ को उत्कृष्ट विद्यालय बन्न सफल भएको छ।

लगातार ३ शैक्षक सत्रमा उत्कृष्ट नतिजा हाँसिल गरेको उक्त विद्यालयलाई शिक्षा मन्त्रालयले उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत गरेको छ।

विद्यालययले ०७० देखि ०७३ सम्म उत्कृष्ठ नतिजा प्राप्त गरेर यो पुरस्कार प्राप्त गर्न सफल भएको हो। तीन वर्षदेखि एसएलसी र एसइई परीक्षामा उत्कृष्ट नतिजा हाँसिल गरेर प्रदेश नम्बर ४ तर्फ निजी विद्यालय अन्तर्गत प्रथम र देश व्यापी रुपमा दोस्रो स्थान प्राप्त गर्न सफल भएको हो।

उत्कृष्ठ विद्यालय घोषित भएपछि विद्यालयले शिक्षा मन्त्रालयबाट प्रमाण पत्र र एक लाख नगद पुरस्कार प्रप्त गरेको छ भने माध्यमिक शिक्षा परिषदबाट पनि विशेष सम्मान प्राप्त गरेको छ। विद्यालयले पछिल्ला वर्षहरुमा प्राविधिक शिक्षामा जोड दिँदै व्यवस्थापन र कृषि प्राविधिक शिक्षा विस्तारमा लागेको जनाएको छ ।

पुरस्कार प्राप्त गरेपछि विद्यालयले सोमबारर सदरमुकाम कुश्मा बजारमा विशेष ¥यालिसहित विजय उत्सव मनाएको छ। विद्यालयका प्रिन्सिपल यामप्रसाद शर्माले सबै अभिभावक, जिल्ला शिक्षा कार्यालय तथा शिक्षा प्रेमीको सहयोगका कारण विद्यालय उत्कृष्ट बन्न सफल भएको बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्रमान खत्रीले विद्यालयका शिक्षक विद्यार्थी र अभिभावकहरुको सकारात्मक सहयोग र विद्यार्थीको शिक्षा प्रातिको लगनका कारण विद्यालय प्रदेश ४ को उत्कृष्ट बनेको बताए। उनले पुरस्कार प्राप्त गरेपछि विद्यालयमाथि थप जिम्मेवारी थपिएको भन्दै आफूहरु अझै गुणस्तरीय शिक्षा प्रदान गर्न लागि पर्ने बताए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com