अख्तियार दुरुपयोग अनुसन्धान प्रमुख दीप बस्न्यातले लिए अवकाश


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

माघ २९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले सोमवारबाट अवकाश लिएका छन् ।

उनको पदावधि मङ्गलवारसम्म भए पनि सार्वजनिक बिदा परेका कारण बस्न्यातले अख्तियारको प्रमुख आयुक्त पदबाट सोमवार नै बिदा लिएको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले आर्थिक अभियानलाई जानकारी दिए ।

वरिष्ठताको आधारमा अब अख्तियारका आयुक्त नवीनकुमार घिमिरेले कार्यवाहक प्रमुख आयुक्तको रुपमा कार्य गर्ने प्रवक्ता पाण्डेयले बताए । प्रमुख आयुक्तको चयन संवैधानिक परिषद्को सिफारिसमा हुने गर्दछ । भ्रष्टाचारको आरोपमा छानविन गरी विशेष अदालतमा मुद्दासमेत दायर गर्न सक्ने अधिकार अख्तियारलाई रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com